Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 9:58 am

पाटेबाघको आक्रमणबाट दुईजना घाइते

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट आइतबार राजापुर नगरपालिका १० का दुईजना घाइते भएका छन् । बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका १० लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए ।

गाउँ नजीकै भैँसी चराउँदै गर्दा लालपुरका मोहनलाई आइतबार बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसंँगै पुगेका मझेराका दयारामलाई दिउँसो बाघले आक्रमण गरेको हो । बाघको आक्रमणमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ । दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको छ । घाइते दुवैको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको कोठियाघाट प्रहरी चौकीले जनाएको छ । रासस