Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 11:05 am

गाडी दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

बुटवल । गाडी दुर्घटनामा परी बुटवलका पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभरटोलमा शनिबार राति भएको दुर्घटनामा न्यूज २४ का बुटवल संवाददाता पाण्डेको मृत्यु भएको हो । ३० वर्षका पाण्डेको उपचारकै क्रममा शनिबार राति १ बजेतिर मृत्यु भएको हो ।

राति बुटवलबाट आफ्नो निवास नयाँमिलतर्फ जाँदै गर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाइते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । पोष्टमार्टमका लागि पाण्डेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।