Loading... आजः २९ असार २०७७, सोमबार

क्वारेन्टिनमा खाना पकाउने पुरुषको मृत्यु

बैतडी । बैतडीमा क्वारेन्टिनमा खाना पकाउने एक पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेकाहरुलाई खाना पकाउने गरेका व्यक्तिको मृत्यु भएको हो ।

दशरथचन्द नगरपालिका ६ का करिब ५० वर्षीय पुरुषको शुक्रबार राती बिरामी भएपछि शनिबार विहान अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पहरीले जनाएको छ । उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको जनाइएको छ । उनले तीन दिन अघिबाट खाना बनाउन छोडेको बुझिएको छ ।


सम्बन्धित समाचार