Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 10:59 am

सांसद भैरवबहादुर सिंहलाई जनकारबाही गर्ने विप्लवको चेतावनी

बझाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । बझाङ जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका सिंहलाई नेकपा जिल्ला कमिटीको तर्फबाट विप्लव समूहका कार्यकर्ताले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको पक्षमा मतदान नगर्न सुझाव दिँदै मतदान गरे जनकारबाही गर्ने चेतावनी दिएको हो ।

आफ्नो पार्टी लामो समयदेखि राष्ट्रियता, प्रजातन्त्र, र जनजिविकाको पक्षमा राष्ट्रघात, दलाल र भ्रष्टाचारविरुद्ध निरनतर संघर्ष गर्दै आएकाले राष्ट्रघाती सन्धी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा नबोल्न आग्रह गरिएको छ । पत्रमा हाल एमसीसी संसदबाट पारीत गराउने अन्तिम तयारी भइरहेकोले बझाङगी जनताको भावनाविपरित एमसीसीको पक्षमा मतदान नगर्न आग्रह गरिएको छ । पत्रमा जनताको भावनाविपरित एमसीसीको पक्षमा मतदान गरे जिल्ला प्रवेशमा रोक लगाई जनस्तरबाटै बहिष्कार गरी जनकारबाही गर्ने चेतावनी दिइएको छ ।