Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 9:49 am

कोरोना संक्रमितको संख्या करोड नजिक

काठमाडौं । विश्वभर कोरोना संक्रमितको एक करोड नजिक पुगेको छ । शुक्रबार एक लाख ८० हजार ५७३ नयाँ संक्रमित थपिएसँग कोरोना संक्रमितको संख्या ९८ लाख नौ हजार ६४ पुगेको छ । संक्रमितको संख्या यसरी नै बडिरह्यो भने शनिबार (आज) संक्रमितको संख्या एक करोड नाध्ने अनुमान गरिएको छ ।

यद्यपी पछिल्लो समय मानिसमा कोरोनाविरुद्ध लड्ने इच्छाशक्तिमा वृद्धि भएका कारण मृत्युदर कम हुन थालेको छ । संत्रमण लगातार बढिरहँदा विश्वभर मा ५४ प्रतिशत संक्रमित उपचार पछि निको भएका छन् । मृत्युदर मात्र पाँच प्रतिशत छ । गत वर्ष डिसेम्बरको अन्त्यमा चीनले कोरोना संक्रमणको पहिलो घटनाबारे जानकारी दिएको थियो ।

त्यस पछि कोरोना भाइरस विश्वका छ वटा महादेशका १९५ देशमा फैलिइसकेको छ । २७ मे पछि दैनिक सवा लाखभन्दा धेरै कोरोना संक्रमित भेटिन थालेका थिए । संक्रमण फैलिने क्रम अहिले नियन्त्रणभन्दा बाहिर छ । तर मृत्युदर भने अधिकांश देशमा नियन्त्रणमा छ । विश्वमा कोरोनाका कारण दैनिक ४ हजार ५९९ जनाको मृत्यु भइरहेको छ ।

जबकि जबकि अप्रिलमा यो संख्या ६ हजार भन्दा बढी थियो । मार्चमा अस्पतालमा भर्ना बिरामीहरूको मृत्युदर २१ प्रतिशत थियो, जुन अहिले घटेर १० प्रतिशतमा झरेको छ । अमेरिकी विज्ञहरूले बढ्दो संक्रमणको बाबजुद मृत्युको संख्या घटिरहेको दाबी गरेका छन् । भाइरसको उत्परिवर्तन कमजोर हुँदै गइरहेको छ । तर डब्ल्यूएचओले यसलाई स्वीकार गरेको छैन ।

चीनले गत वर्ष डिसेम्बरको अन्तिममा विश्वलाई कोरोनाको पहिलो केश फेला परेको जनाएको थियो । तर त्यहाँका विज्ञहरूले जुलाई–अगस्टमा नै कोरोनाका केसहरू आउन थालेको खुलासा गरेका थिए । अमेरिका अझै नियन्त्रण अझै नियन्त्रणमा आउन सकेको छैन । अमेरिकामा दैनिक ४० हजार भन्दा बढी नयाँ बिरामीहरू भेट्टाइएका छन् । अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म सवा लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । बेलायतमा तीन लाख कोरोना संक्रमित र ४३ हजारको मृत्यु भइसकेको छ । बेलायतले सुरुमा हर्ड इम्युनिटीको कुरा गरेको थियो, तर स्थिति नियन्त्रण बाहिर जान थालेपछि लकडाउन लगाउनु परेको थियो । युरोपमा बिरामीहरू फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । यस महिना पहिलो पटक, केसहरु बढेको छ । ब्राजिलमा ४ महिनामा ५५ हजारको मृत्यु भएको छ । यो अमेरिकापछि दोस्रो नम्बर हो ।