Loading... आजः २८ असार २०७७, आइतवार

युनियनले दियो २२ पत्रकारलाई प्रेस ज्याकेट

बाँके । नेपाल प्रेस युनियन बाँकेले आफ्ना सदस्यहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री बितरण गरेको छ । आइतबार नेपालगन्जमा आफ्ना सदस्यहरुलाई बोलाएर प्रेस लेखिएको ज्याकेट र स्वास्थ्य सामाग्री बितरण गरेको हो ।

युनियन बाँकेका अध्यक्ष अर्जुन वलीका अनुसार हाललाई कोरोनाको महामारीमा निरन्तर खटिरहेकालाई प्रेस ज्याकेट र स्यानिटाईजर मास्क बितरण गरिएको छ । बितरण गरिएको ज्याकेट र स्वास्थ्य सामाग्री युनियनका केन्द्रीय सदस्य सल्लाहकार एव पुर्व महासचिव शिव लम्सालले सहयोग गरेका हुन ।

आइतबार बितरण गरिएका सदस्य बाहेक बाँकी रहेकाहरुलाई दश दिनभित्र ज्याकेट र स्वास्थ्य सामाग्री बितरण गरिने तयारी गरिएको अध्यक्ष वलीले जानकी दिए । लम्सालले २२ वटा ज्याकेट र २८ स्यानिटाइजर र १५० पीस मास्क सहयोग गरेका हुन ।


सम्बन्धित समाचार