Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 10:41 am

प्रहरी मुचुल्कामा मरेको भनिएका राजुले खोले घटनाको रहस्य (भिडियो)

मरेको भनेर प्रहरीले मुचुल्का नै गरेर अदालतमा मुद्दा चलिसकेपछि पनि उनी सकुशल घर फर्किए । फर्किएपछि थापा परिवारमा अहिले खुसीयाली छाएको छ ।
बेपत्ता भएको ११ महिनामा घर फर्किएपछि आमा, दाजु र भाईसँग सामुहिक तस्वीर खिँचाउँदै राजु थापा ।

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका तत्कालिन प्रमूख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहको सेटिङमा जिउँदो मान्छेलाई मरेको मुचुल्का बनाई अदालतमा पेश गरियो । कोहलपुर नगरपालिका–२, वनखेत दीपनगरका १४ बर्षिय राजु थापाको अपहरण घटनामा डिएसपी सिंहले अनुसन्धान र खोजतालसै नगरी अपहरणकारी भनिएका सल्यानका गोविन्द पुनसँगको सेटिङमा जिउँदै मान्छेलाई मरेको मुचुल्का बनाएर अदालतमा पेश गरे ।

अपहरणपछि अपहरणकारी गोविन्द पुनको टोलीले ११ महिनासम्म राजुलाई धेरै तनाव दियो । यता छोरा हराएपछि लास या सास खोज्दै आमा कल्पना थापाले गत साउन ९ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा हुलिया दिँदै छोराको खोजी दिन प्रहरीलाई अपिल गरिन् । तर, कोहलपुरका तत्कालिन डिएसपी सिंहले उनको कुरै सुनेनन् । उनी निराश भइन्, तर छोराको खोजीमा लागिरहिन् । अन्ततः उनी ११ महिनापछि यही जेठ २१ गते राती घर आइपुगेका छन् । मरेको भनेर प्रहरीले मुचुल्का नै गरेर अदालतमा मुद्दा चलिसकेपछि पनि उनी सकुशल घर फर्किए । फर्किएपछि थापा परिवारमा अहिले खुसीयाली छाएको छ ।

राजु उनकी आमा कल्पनाले के भनिन्, हेर्नुस् भिडियो :

 

 

 

यो पनि पढ्नुस् :