हक्की खेलाडीलाई वडाध्यक्ष बेहनाको सहयोग

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मो.सफिक बेहनाले हक्की खेलाडीलाई साढे १२ हजार रुपैयाँ सहयोग गरेका छन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामाा प्रदेश नम्बर ५ बाट छनौट भएका नेपालगन्जका खेलाडीहरुलाई वडाध्यक्ष बेहनाले सो रकम सहयोग गरेका हुन् ।

वडाध्यक्ष आफ्नो सेवा सुविधास्वरुप तलब भत्ताबापत पाएको रकमबाट साढे १२ रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गर्दै भने, ‘खेलाडीहरुलाई अभ्यासका क्रममा पोषणयुक्त भोजनका लागि चाहिने आवश्यक रकम दिएको हुँ ।’ वडाध्यक्ष बेहनाले हक्की खेलाडी नफिस अन्सारीलाई सो चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

धेरै पढिएको