फैलिँदै प्राविधिक शिक्षा, हस्पिटालिटी अध्ययनपछि बैदेशिक रोजगारीको अवसर दिँदै वेष्टइण्ड

एसइईपछिको भविष्य

बाँके । एसइईको परीक्षा चलिरहेको छ । अभिभावकलाई आफ्ना छोराछोरीको भविष्यको मार्ग चित्रण गर्ने बेला आएको छ । एसइई परीक्षासँगै अभिभावकहरुलाई छोराछोरीको भविष्यको चिन्ता पनि उत्तीकै छ । अभिभावकहरुले छोराछोरीको भविष्य कस्तो बनाउने भन्ने पनि सोचिरहेका छन् र सोच्नु पनि पर्छ । साथै एसइई दिइरहेका विद्यार्थीले पनि आफ्नो भविष्यको मार्ग पहिल्याउन जरुरी छ ।

विद्यार्थीलाई यतिबेला कलेज छान्ने मात्र नभइ कस्तो कलेज छान्ने, साथीभाईको सुझाव कसरी लिने, अभिभावककको चाहना र आफ्नो लक्ष्य कसरी मिलाउने, खर्चको जोहो अभिभावकले कसरी गर्छन् र करिअरप्रति आफु कसरी अघि बढ्ने भन्ने जस्ता विषयले अन्यौलता दिइरहेको हुन्छ । विषेशगरी ग्रामिण भेगका विद्यार्थीहरुमा बढी अन्यौलता देखिन्छ भने त्यसै अन्यौतामा खेलेर शिक्षाको व्यापार गर्ने कलेजले विद्यार्थीबाट लाभ लिइरहेका हुन्छन् ।

भरसक आफुले एसइईसम्म अध्ययन गरेकै विद्यालयमा प्लस टु छ र त्यहाँ आफुले रोजेको विषय छ भने त्यही पढेको राम्रो हुन्छ । अहिले ग्रेडिङ सिस्टमले गर्दा थोरै विद्यार्थीहरुलाई मात्र धेरै विकल्पमा जानसक्ने ग्रेड आउने र ए र ए प्लस ग्रेड ल्याउने विद्यार्थी जति सबै महानगर र उपमहानगरका कलेजमा नै पढाउनुपर्ने अझ विकसित र ठूला शहरमै गएर पढ्नुपर्ने भन्ने मानसिकता कलेजका सञ्चालकले बनाइदिएका छन् । तर यो गलत हो राम्रो ग्रेड ल्याउने विद्यार्थीले पनि यदि उसको चाहना गाउँमा नै पढ्ने छ भने गाउँमै पढ्नुपर्छ ।

अहिले एसइई उत्तीर्ण गर्ने प्रायः विद्यार्थीको उमेर मात्र १६/१७ वर्षको हुन्छ । साथीभाइको लहैलहैमा लागेरभन्दा आफ्नो रुचिको विषय र आफुले हासिल गरेको ग्रेडको आधारमा विषय छनौट गर्नुपर्छ । १६ वर्षको विद्यार्थीले प्सल टुमा पढ्ने विषय छान्नु भनेको चानचुने कुरा होइन किनकी, आफ्नो पुरै भविष्यसँग जोडिएको त्यो निर्णयमा अभिभावक र कक्षा ९ र १० अध्यापन गराउने शिक्षकको समेत सुझाव लिन सक्नुपर्छ । प्लस टु सञ्चालन भएका कलेजहरु अस्वस्थ प्रतिष्पर्धामा देखिन्छन् ।

उनीहरु विद्यार्थीलाई के विषय पढ्दा कस्तो अवसर आउँछ र कति मेहनत गर्नुपर्छ कति खर्च गर्नुपर्छ भन्ने कुरा छाडेर कसरी विद्यार्थीलाई आफ्नो स्कुलमा भर्ना गर्ने भन्ने तर्फमात्रै केन्द्रित हुँदा पनि समस्या भएको छ । बजारमा अहिले प्राविधिक जनशक्तिको माग बढी भएकोले अहिलेको सन्दर्भमा रोजगारमुखि शिक्षाको रुपमा प्राविधिक शिक्षालाई लिन सकिन्छ । विद्यार्थीले विषय छनौट गर्दा कम्तिमा आफ्नो रुचि भएको, आफ्नो लक्ष्य हाँसिल गर्नसक्ने र सो विषयलाई पुरा गर्न निरन्तरता दिनसक्नेमा विश्वस्त हुने कुरालाई आधार बनाउनुपर्छ ।

विद्यार्थीहरुलाई जबरजस्त अभिभावकले कुनै विषय पढ्न दबाब दिदा त्यसले परिणाम राम्रो आउँदैन । ग्रेडका आधारमा विषय छनौट गर्नु गतल हो, विषय छनौट गर्दा विद्यार्थीको इन्ट्रेष्ट, ब्याकग्राउण्ड र घरको परिस्थिति हेरेर गर्नुपर्छ । एसइईमा राम्रो ग्रेड ए वा ए प्लस ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरु पनि प्लस टुमा फेल भएका उदाहरण पनि छन् । अहिले अभिभावकको मानसिकता विज्ञान पढाउने र डाक्टर इन्जिनियर बनाउने भन्ने छ, त्यो यदि आफ्नो छोराछोरीसँग मेल खाएन भने घातक हुनसक्छ ।

व्यवस्थापन, मानविकी, शिक्षा संकाय पढेर पनि समाजमा ठूलो छाप छोडेका र देशलाई ठूलो योगदान दिएका व्यक्तिहरु धेरै भएकोले पढाईमा यो ठूलो र यो सानो हुँदैन । हुन त आज भोली विभिन्न विषयहरु आइरहेका छन् । एक दशकअघि प्रायः सबैले एसएलसीपछि आइए पढ्ने गर्दथे । तर अहिले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकायका साथसाथै प्राविधिक विषय जस्तैः सिटिइभिटी अन्तरगतका विषयहरु, सङ्गीत शिक्षा आदिमा विद्यार्थीको रुचि बढेको छ । विज्ञानमै पनि धेरै हाँगा फैलिसकेका छन् । प्लस टु विज्ञान पढिसकेपछि धेरै फिल्डमा जान सकिन्छ ।

इन्जिनियरिङ्ग, चिकित्सा विज्ञान, पाइलट, कम्प्युटर साइन्स लगायतका क्षेत्रका साथसाथै अन्य संकायमा पनि जान सकिन्छ । शिक्षण गर्नसक्ने आधार पनि विज्ञानले प्रदान गर्छ । अहिले व्यवस्थापन संकायमा पनि निकै विद्यार्थीको चाप रहने गरेको छ । तर एक दशक अघि भने व्यवस्थापन विषय सीमित वर्गका मानिसले मात्र पढ्ने गर्थे । व्यवस्थापन किन पढ्ने भनेर खासै सूचित थिएनन् विद्यार्थीहरु । अहिले व्यवस्थापनमा होटेल म्यानेजमेन्ट, कम्प्युटर साईन्स, ट्राभल्स एण्ड टुरिजम, हस्पिटालिटी म्यानेजमेन्ट, फाइनान्स आदिजस्ता विषय रहेका छन् ।

मानविकी संकायमा थोरै लगानी गरेर निकै नाम अनि दाम कमाउन सकिने यो संकायमा पत्रकारिता, समाजशास्त्र, अर्थशास्त्र, साहित्य, राजनीतिशास्त्र, इतिहास आदि पढ्न सकिन्छ । गैसस, लोकसेवा, राजनीति, समाजसेवा लगायतका क्षेत्रमा मानविकी पढ्नेलाई जान सहज हुन्छ । यस्तै शिक्षणप्रति रुचि हुनेहरुका लागि शिक्षा संकाय रहेको छ । लाइसेन्ससहितको शिक्षक हुनलाई शिक्षा संकाय पढ्न जरुरी हुन्छ ।

बैदेशिक रोजगारीको अवसर दिँदै वेष्टइण्ड

देशभर एसइईको महोत्सव चरिरहँदा हरेक विद्यार्थीदेखि विद्यार्थीका आमा बुबासम्मलाई एसइई भनेको नै भविष्य निर्माण गर्ने मुख्य ढोका वा आइरन गेट कसरी पार गर्लान् भन्ने चिन्ता पनि छ । वास्तवमा भन्ने हो भने एसइई भनेको आइरन गेट नै हो र यसपछि ती विद्यार्थीले गर्ने पढाइका किसिमले नै उनीहरुको भविष्य निर्माण गर्दछ ।

तर, अब एसइईपछि यी विद्यार्थीहरुले के गर्ने हुन् ? कस्तो खाले विषयमा अध्ययन गर्ने हुन् ? विद्यार्थीलगायत अभिभावकका लागि पनि उत्तीकै चिन्ता र चासो छ । तर, न्यूनतम माध्यमिक शिक्षा पुरा गरेका विद्यार्थीका लागि व्यवसायमुलक तालिमसगैं रोजगारीको मौका पनि हुने शिक्षाका बारेमा जानकारी हुन पनि आवश्यक हुन्छ । जसमध्ये एउटा विषय हो ब्यवसायमुलक शिक्षा । पछिल्ला समय व्यवसायमुलक शिक्षाको माग ह्वात्तै बढेको छ ।

व्यवसायमुलक शिक्षाकै लागि ठूला, विकसित र सुविधा शहरहरुमा धाउनुपर्ने अवस्था अब रहेन । किनकी, अहिले सबैजसो शहरमा व्यवसायमुलक शिक्षा पढाउने कलेजहरुले गुणस्तरीय शिक्षा त दिएक छन्, त्यसमा पनि उनीहरुले रोजगारीको ग्यारेन्टी गरेका छन् । सोही विषयलाई मध्यनजर गर्दै होटल व्यवस्थापन संकायलाई केन्द्रमा राखेर नेपालगन्जमा गेट भोकेस्नल वेष्टइण्डले अध्यापन गराइरहेको छ ।

सो कलेजले व्यावहारिक आधारित आतिथ्य शिक्षा र प्रशिक्षण कार्यक्रम प्रदान गर्दै आएको छ । नेपालगन्जको भुजईगाउँस्थित सोल्टी होटलमा रहेको गेट भोकेस्नल वेष्ट इण्डले व्यवस्थापन अन्तरगत हस्पिटालिटी विषय पढाइरहेको छ । ब्यवसायी शिक्षा अन्तरगत अभ्यासलाई प्राथमिकता कलेजले दिएको छ । गेटले थाइल्याण्ड, दुबई, बहराइन, स्पेन, चीन लगायत देशमा विद्यार्थीलाई इन्टर्न्सिप गराउँदै आएको छ । विद्यार्थीलाई स्वदेश तथा विदेशमा ‘जब प्लेसमेन्ट’का लागि पनि कलेजले सहयोग गरिरहेको नेपालगन्जस्थित गेटका अपरेशन म्यानजर सुदीप बसेलले बताए ।

स्वदेश तथा विदेशमा राम्रो अवसर पाइने विषयप्रति विद्यार्थीको आकर्षण बढ्नु स्वाभाविक हो । पछिल्लो समय हस्पिटालिटी शिक्षा पनि धेरैको रोजाइमा परेको छ । ब्यवसायीक शिक्षा अन्तरगतको यो विषय रोजगारमुखी भएकै कारण थुप्रै कलेजले प्राथमिकतामा राख्न थालेका छन् गेटका अपरेशन म्यानेजर बसेलले भने, यसले विशेषगरी होटल, ट्राभल एजेन्सी, एअरलाइन्स, पर्यटन, क्रुज, कर्पोरेट, हाउस किपिङ्ग लगायतका लागि आवश्यक जनशक्ति उत्पादन गर्छ । तारे होटलदेखि संस्थाको प्रशासनिक व्यवस्थापनमा अवसर र आफैं पनि उद्यमी बन्न सक्ने भएकाले हस्पिटालिटीप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको छ ।

हस्पिटालिटी पढेपछि बेरोजगार बस्नुपर्दैन । यो विषय पढ्दै काम गर्ने विद्यार्थीको संख्या पनि उल्लेख्य छ । अभिभावक र विद्यार्थीका लागि उपयुक्त स्थान गेट भोकेस्नल वेष्ट इण्ड नेपालगन्ज नै हो । गुणस्तरीय शैक्षिक प्रशिक्षणहरु विना आतिथ्य सत्कार उद्योगले दिगोपन पाउन सक्दैन । माध्यमिक शिक्षा पास गरेका विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई नेपालमा उपलब्ध विश्वस्तरीय पाठ्यक्रममा आधारित होटल व्यवस्थापन शिक्षाका विषयमा परामर्श प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो, वसेलले भने ।

देशकै उच्चस्तरीय पाँचतारे होटेलमध्ये एक सोल्टी होटल पश्चिम नेपालमा स्थापना भएसगैं गेटले सोल्टीसँग सहकार्य गरी अध्यायपन गराइरहेको छ । हस्पिटालिटीको क्षेत्रमा नयाँ आयामको अध्यायपन गराउने गेट भोकेस्नल वेष्टइण्डले एकदमै नयाँ कन्सेप्ट अघि सारेकोमा होटल सोल्टीकी विजनेश डेभलपमेन्ट म्यानेजर सिताष्मा शाहले खुसी ब्यक्त गरिन् । गेट कलेजले विभिन्न देशका तारे होटलमा इन्टर्नसिप र रोजगारीको अवसर समेत गराइरहेको छ । इन्टर्नसिपले दुई देशबीच अनुभव आदानप्रदानका साथै विदेशमा काम गर्ने वातावरण दिइरहेको उनले बताइन् ।

उनले माध्यमिक शिक्षा पास गरेर नेपालको पर्यटन उद्योगमा प्रवेश गर्न चाहने, आतिथ्य सत्कार उद्योगलाई आफ्नो करिअर बनाउन चाहने विद्यार्थी तथा अभिभावकहरु गेट भोकेस्नल वेष्टइण्डबाट लाभान्वित हुने बताइन् । ‘हाम्रो पहिलो प्राथमिकता भनेकै सीप सिकाउनु हो । वैदेशिक रोजगारिका लागि हामी प्रोत्साहन गर्दैनौ किनकी सीप सिकेपछि स्वदेशमै केही गर्न सक्ने वातावरण यो शिक्षाले प्रदान गर्छ । तर बैदेशिक रोजगारिका लागि जाननै चाहनेलाई हामी परामर्श गर्छौं,’ गेटका अपरेशन म्यानजर बसेलले बभने ।

प्राविधिक शिक्षा अध्ययनपछिका अवसर

सीप युक्त शिक्षा अर्थात् प्राविधिक शिक्षा जिविकोपार्जनसँग जोडिने शिक्षा हो । प्राविधिक विषय अध्ययन गर्ने र चाँडो जागिर खाने भन्ने लक्ष्यले विद्यार्थीहरुको यसतर्फ आकर्षण बढ्दै गएको हो । विद्यालय शिक्षाको दश बर्षे औैपचारिक पढाई पछि विभिन्न संकायको छनोट, लक्ष्य तथा भविष्यको योजना समेत यहिँ समयमा तय गरिने भएकाले विद्यार्थीका लागि एसईई पछिको अध्ययन महत्वपूर्ण हुुने गर्दछ ।

नेपालमा उच्च माध्यमिकतहमा विज्ञान, मानविकी, शिक्षा, व्यवस्थापन लगायतका विभिन्न संकाय उपलब्ध छन् । यसका अलवा पछिल्लो समय नेपाली विद्यार्थीहरुमा प्राविधिक शिक्षा प्रतिको पनि आकर्षण बढ्दै गएको छ । प्राविधिक शिक्षा सिकाईमुलक, प्रयोगात्मक तथा व्यवहारिक हुने भएकाले यसप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको विज्ञहरुको बुझाई रहेको छ । गुणात्मक रुपमा दक्ष तथा प्रतिष्पर्धात्मक हिसाबले सक्षम यी कामदारले स्वदेश तथा विदेशमा सजिलै काम पाउन सकिन्छ ।

प्रतिक्रिया

लोकप्रिय