हेलिकप्टर दुर्घटना अपडेट : ‘मौसम खराब छ, नजानुस् भन्दै थिए स्थानीय’

एयर डाइनेस्टीको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर

काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । आज बिहान करिब ११ः३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । बिहानदेखिनै मन्त्री अधिकारी तेह्रथुमको चुहान डाँडामा केवलकारको शिलन्यास गर्न पुगेका थिए ।

यहाँ आएपछि ताप्लेजुङमा रहेको पाथिभारा मन्दिरको दर्शन गर्न भन्दै एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टरबाट पाथिभार गएको स्थानीय शिक्षक दीपक उप्रेतीले जानकारी दिए । उप्रेतीले भने, ‘उहाँको टोली बिहान केबलकारको शिलन्यास गरेर मन्दिर दर्शन गर्न निस्किएको थियो ।’ ताप्लेजुङ लगायत देशभरको मौसम बुधवार बिहानदेखि नै असमान्य थियो ।

कार्यक्रममा सहभागी केही मानिसले मौसम खराव भएकाले पाथिभार मन्दिर नजानसमेत आग्रह गरेको शिक्षक उप्रेतीले बताए । शिक्षक उप्रेतीले भने, ‘उहाँलाई कार्यक्रममा सहभागी केहीले मौसम खरावी भएकाले नजान समेत आग्रह गर्नुभएको थियो । तर मन्दिर दर्शन गर्न भन्दै जानुभएको बुझियो ।’

प्रतिक्रिया

धेरै पढिएको