भारत–पाकिस्तान किन भिडिरहन्छन् कस्मिरमा ?

बीबीसी । विश्वमा सबैभन्दा बढी सेना तैनाथ क्षेत्रमध्ये एउटा भारत प्रशासित कस्मिर पनि हो । कस्मिर पुलवामा जिल्लामा गत फेब्रअरी १४ मा भएको आत्मघाती आक्रमणपछि त्यहाँ धेरैको ज्यान गइसकेको छ ।

एकपछि अर्को विस्फोट र सशस्त्र संघर्ष त्यहाँ मृत्युको कारण बनेको छ । हिंसाले त्यो क्षेत्रको जनजीवन त्रसित छ । सन् २०१८ मा कस्मिरमा अहिलेसम्मकै सबैभन्दा बढी मानिस मारिए । मारिनेमा आम नागरिक, सुरक्षाबल र आतंकवादी थिए ।

अवस्था किन खतरापूर्ण ?

वेलायतबाट स्वतन्त्र भएदेखि नै कस्मिर, भारत र पाकिस्तानबीचको विवादको विषय बन्दै आएको छ । सन् १९४७ मा भारत र पाकिस्तान बेलायतको शासनबाट मुक्त भएका थिए । भारत प्रशासित कस्मिर र पाकिस्तन प्रशासित कस्मिरको अलवा यसको एक हिस्सामा चीनको समेत नियन्त्रण छ ।

गत फेब्रुअरी १४ मा भारतीय सेनामाथि भएको आत्मघाती आक्रमणमा ४० सेना मारिएसँगै भारत र पाकिस्तानबीचको सुध्रिन खोजिरहेको सम्बन्ध झनै खराब बन्यो । भारतले पाकिस्तानस्थित आतंकवादी समूह जैस–इ–मोहम्मदलाई अक्रमणको दोषी लगाइरहेको छ । पाकिस्तानी भूमिको आतंककारी समूह कस्मिरलाई भारतबाट अलग पारेर पाकिस्तानमा गाभ्न चाहन्छ ।

त्यसयता भारतमा पाकिस्तान विरोधी प्रदर्शनहरु भइरहेका छन् । भारतीयहरु कस्मिरी नागरिक तथा त्यहाँका व्यापारीलाई निशाना बनाइएको छ । केन्द्र सरकारले भारत प्रशासित कस्मिरमा एकहप्ताको लाग इन्टरनेटसमेत बन्द गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले सेनालाई खुला छाडिदिएको बताइसकेका छन् ।

त्यसयता भारतीय सेनाले कस्मिरमा गस्ती बढाएको छ । पाकिस्तानले आक्रमणमा आफ्नो भूमिका अस्वीकार गरेको छ । दुवै देशबीच सम्बन्ध चिसो बनिरहेको बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक बयानमा भारतले पाकिस्तानलाई आक्रमण गरे पाकिस्तानले त्यसको प्रतिकार गर्ने टिप्पणी गरेका छन् ।

भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हु्न् । यदि दुवै देश युद्धमा गए यसको परिणाम निकै नराम्रो हुनेछ । कस्मिरलाई लिएर पाकिस्तान र भारतबीच संघर्ष भइरहँदा त्यहाँका स्थानीय जनता चपेटामा परेका छन् । स्थानीयमा मात्र नभएर देशको अलग–अलग हिस्सामा समेत यसको प्रभाव देखिन थालेको छ ।

कट्टरपन्थीका लागि उर्बर भूमि

भारत र पाकिस्तानबीच सन् १९४७ र १९६५ मा दुईपटक युद्ध भएको थियो । त्यसयता कस्मिरमा कैयौंपटक विस्फोटन तथा आक्रमण भएका छन् । त्यहाँ राजनीतिक अवस्था अस्थिर छ । अर्थव्यवस्था नाजुक छ । बेरोजगारी समस्या अधिक छ ।
कस्मिर समस्याबारे जानकार वेलायती सांसद लर्ड नजीर अहमदका अनुसार कस्मिर कट्टरपन्तथी गतिविधिका लागि एउटा उर्बर भूमि हो । कास्मिरदेखि अफगानिस्तानको आसपासको इलाकामा कथित इस्लामिक स्टेट तथा तालिवान समूहलाई रोक्न कठिन रहेको उनको बुझाई छ ।

के छ कस्मिरको इतिहास ?

सन् १९४७ मा वेलायतबाट स्वतन्त्र भइसकेपछि कस्मिर कुन देशसँग मिल्ने भनेर छलफल भएको थियो । कस्मिरका राजालाई भारत र पाकिस्तानमध्ये एउटा छान्नुपर्ने अवस्था थियो । अन्ततः उनले भारतलाई छाने तर विश्वमा नयाँ बनेको यी देशबीच त्यसबेला दुई वर्ष लगातार युद्ध भयो ।

युद्धविराम गर्ने सहमति भएपछि पनि पाकिस्तानले आफ्नो सेना कस्मिरबाट फर्काउन अस्वीकार गर्यो । त्यसपछि कस्मिर दुई भागमा विभाजित भयो । सन् १९५० को दशकमा भारत र पाकिस्तानबीचको चर्को मतभेद रह्यो । चीनले त्यसको फाइदा उठाउँदै पूर्वी कास्मिरमा विस्तारै–विस्तारै नियन्त्रण लियो ।

अहिले यो क्षेत्रलाई अक्साई चीन भनिन्छ । भारत र पाकिस्तानबीच दोस्रो युद्ध सन् १९६५ मा भएको थियो । सन् १९८० र १९९० को बीचका भारतीय शासनविरुद्ध कस्मिरमा वृहत विरोध प्रदर्शन भए । त्यसपछि कस्मिरमा पाकिस्तान समर्थित चरमपंथी समूहको प्रभाव बढ्यो ।

सन् १९९९ मा भारतले पाकिस्तान समर्थित सैन्य शक्तिविरुद्ध लडाइँ लड्यो । त्यतिबेला दुवै देशले आफूलाई परमाणु शक्ति घोषित गरिसकेको थिए । त्यसयता कस्मिरमा हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

असफल जनमतसंग्रह

सन् १९५० को दशकमा संयुक्त राष्ट्रसंघले कास्मिरको जनताको विचार बुझ्नका लागि त्यहाँ जनमत संग्रह गर्नुपर्ने धारणा राख्यो । भारतले सुरुमा यो विचारलाई समर्थन गरेको थियो । जनमत संग्रहकै कारण जम्मू–कास्मिर भारतबाट स्वतन्त्र हुने खतरा रहेको भन्दै पछि भारत अघि बढेन । पाकिस्तान यसमा सहमत छैन ।

पाकिस्तान कस्मिरको अत्यधिक जनसंख्या भारतीय शासनविरुद्ध रहेको ठान्छ । ‘उनीहरु कि स्वतन्त्र हुन चाहान्छन् कि पाकिस्तानसँग मिल्न चाहान्छन्,’ पाकिस्तानले भन्दै आएको छ । कस्मिरका ६० प्रतिशत जनसंख्या मुस्लिम समुदायको छ । यो मात्र भारतको एउटा त्यस्तो क्षेत्र हो जहाँ मुस्लिम धर्मवालम्बी धेरै छन् ।

प्रतिक्रिया

लोकप्रिय