राउटेका महामुखिया महिनबहादुर भन्छन्, ‘जहान पाल्न जागिर खाएका हौं’

सामाजिक अभियान्ताको जागिर खाएका राउटेहरु ।
सामाजिक अभियान्ताको जागिर खाएका राउटेहरु ।

बाँके । स्थायी बसोबास खेतीपाती र लेखपढलाई महाशत्रु ठान्ने दक्षिण एशियाको एकमात्र भ्रमणशिल समुदाय राउटे समुदाय पछिल्लो समय गैरराउटेझैं जागिर खाएका छन् । दिनानुदिन राष्ट्रिय वन समुदायमा हस्तान्तरण हुन थालेपछि र कु–काठ काट्न नपाइने हुँदा राउटे समुदायले जागिर खाएका हुन् ।

गत शनिबार सुर्खेतको लेकबेंसी नगरपालिकामा बस्दै आएका पाँच जना राउटेलाई दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक)ले ‘राउटे सामाजिक कार्यकर्ता’ पदमा जागिर दिएको हो । जागिरमा राउटेका महामुखिया महिनबहादुर शाही मुखिया सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाही जागिर पाएका हुन् ।

वनमा कु–काठ काट्न नपाइने हुँदा जहान परिवार पाल्न जागिर खाएको राउटे महामुखिया महिनबहादुर शाहीले बताए । ‘हामीले रहरले जागिर खाएका होइनौं बाध्यता आइलाग्यौं । सामुदायिक वनमा रुख काट्न दिदैनन् कसरी बाँच्ने ?’ महिनबहादुर शाहीले प्रश्न गरे । राष्ट्रिय वन समुदायमा हस्तान्तरण भएपछि र गाउँमा प्लास्टिका भाँडाले बजार लिएपछि राउटे भाँडाकुँडा विक्री हुन छाडेको छ ।

कुनैबेला पैसा छोए पाप लाग्छ भन्ने राउटे भनेअनुसार भाँडाकुँडा विक्री नहुँदा आजभोली फोटो खिच्दा पैसा माग्ने आएका उनीहरु अहिले सरकार र दाताको सहयोगमा राउटेले जीवनयापन गरेका छन् । ‘जागिर खाएपछि नियमित पैसा आउँछ,’ मुखिया सूर्यनारायणले भने, ‘परिवार पाल्न सजिलो हन्छ,उनले भने ।

रैती मार्गमा

राउटे आफुलाई बोटको भएको गर्व गर्ने यो समुदाय पछिल्लो समयमा आधुनिकतिर उन्मुख हुन थालेको छ । खेतीपाती नगरे पनि केही बर्षयता उनीहरुले गैरराउटेको आनीबानी सिक्ने गरेका छ । यो समुदायको रहर नभएर बाध्यताको हो । आफ्नो समाजभन्दा बाहिरका मानिससँग नबोल्ने र अरूले दिएको खानेकुरालाई उपहार ठान्ने भने पछिल्लो समय पैसाका लागि आफ्ना मुल्यमान्यताको वेवास्ता गरेको स्थानीयबासी बताउँछन् ।

हामीले बनाएका भाँडाकुँडा पहिलेजस्तो बिक्री हुँदैन, जंगलमा काठ पनि काट्न पाइँदैन,’ अर्का मुखिया दिलबहादुरले भने, ‘पैसाका लागि पुर्खाले नगरेको काम हामी गर्न बाध्य भयौं ।’ जागिर खाएका राउटेले समुदायका बालबालिकालाई औषधि खुवाउन, व्यक्तिगत सरसफाइीमा लाग्न, बाल क्लब, युवा समूह गठन गर्न, कुपोषित आफ्ना बालबालिकालाई पोषणयुक्त लिटो खुवाउन, बिरामी भए वा घाइते भए औषधि उपचार गर्न सघाउनुपर्नेछ ।

यस्तै नजिकको बस्ती, सामुदायिक वन, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने, आफ्नो समुदायमा मदिरा प्रयोग र बेचबिखनमा प्रतिबन्ध लगाउने, बाह्य सहयोगलाई एकद्वार प्रणालीमार्फत ग्रहण गर्ने, सामुदायिक र राष्ट्रिय वनहरूबाट काठ काट्दा र घर बनाउँदा कम क्षति पुर्याउने कार्यमा गर्नुपर्ने सामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष हिरासिंह थापाले बताए । राउटे समुदायका पाँचजनाले मासिक १५ सयका दरले तलब पाउनेछन् ।

राउटे समुदायको भाषा, संस्कृति र परम्परालाई बचाउँदै उनीहरूलाई सामाजिकीकरण गर्ने उद्देश्य हामीले लिएका छौं । तर लामो समयदेखि राउटेमा काम गरिरहेका कटेम्पोररी भिजन काठमाडौंका हरि थापाले गैरसरकारी संस्थाले राउटेको संस्कार वर्वाद पार्न थालेको आरोप लगाए । उनले भने, ‘केही वर्षअघि सुर्खेत वन कार्यालय वन हेरालुका जागिर दिएको हो, पछि विस्तारै राउटेले छोडे ।

विभिन्न प्रलोभन देखाएर संस्कार विर्गानु मानवअधिकारको उल्लंघन हो । नेपालमा थुप्रै बेरोजगार युवा खाडी मुलुकमा छन् तिनिहरुलाई रोजगार दिएर स्वदेशमै बसुन् । एनजिओले सरकारलाई राउटेको बारे जानकारी नदिएर एकद्धार प्रणाली नाममा संस्कारमाथि दाबा बोल्नुका साथै स्वाभिमान र पहिचान गुमाउँदै लगेको छ,’ उनले थपे ।

पढ्दै बालबालिका

राउटे समुदायमा अक्षर चिन्नुपनि मान्यताविपरीत भएपनि समुदायका बालबालिका कखरा सिक्न थालेका छन्। ‘बस्तीमा पढेको थाहा पाए मुखियाले गाली गर्छन । बालक बिर्खबहादुर शाहीले भने, ‘त्यसैले बस्तीदेखि टाढा आएर पढिरहेका छौं ।’ सोसेकले बालबालिका पढाउन साथी शिक्षकको व्यवस्था गरेको छ । यतिखेर राउटे बालबालिका खेल खेल्दै अक्षर चिन्दै गरिरहेका छन् ।

साथी शिक्षक दुर्गा खत्रीले राउटे बालबालिका पढ्न इच्छुक रहे पनि अगुवाहरूले अवरोध गर्ने गरेको बताइन् । बालबालिकाहरू पढेर डाक्टर र ड्राइभर बन्ने सपना देख्छन् । राउटे समुदायको भाषा, संस्कृति र परम्परालाई बचाउँदै उनीहरूलाई सामाजिकीकरण गर्ने उद्देश्यले नीति बनाएका छौं,’ सामाजिक विकासमन्त्री दल रावलले भने ।

जतिबेला पनि जुनसुकै व्यक्ति गएर अनेकथरी कुरा गर्ने भएकाले राउटे समुदाय अलमलमा परेको देखियो, यसका साथै राउटेको आवश्यकताभन्दा पनि दाताहरूको इच्छाअनुसार सामग्री बस्तीमा पुग्न थाले,’ मन्त्री रावलले भने, ‘त्यसैले नीति बनाएर एकद्वार प्रणाली अवलम्बन गरेका हौं ।’ प्रदेश सरकारले राउटे समुदायका युवायुवती र बालबालिकाको शिक्षाका लागि घुम्ती विद्यालय, स्वास्थ्य सेवाका लागि दैनिक स्वास्थ्यकर्मीको व्यवस्थालगायत विषय नीतिमा समावेश गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको