विश्व साइकल सम्मेलन नेपालमा

काठमाडौं । हालसम्म ल्याटिन अमेरिकी मुलुकमा मात्र हुँदा आएको बिश्व साइकल सम्मेलन सन् २०२० मा नेपालमा हुने भएको छ । साइकल सम्मेलन २० औं संस्करण सन् २०२० सेप्टेम्बर १९ र २२ मा काठमाडौंमा सम्पन्न हुनेछ ।

सम्मेलन तयारी समितिको संयोजकमा बिश्व साइकल यात्री पुष्कर शाह र समितिको सञ्चार संयोजकमा सतिश निरौलालाई जिम्मेवारी दिइएको छ । सम्मेलनमा साइकल राइड, म्युजिक कन्सर्ट, पेन्टिङ, फोटो प्रदर्शनी र विभिन्न बिषयमा छलफल हुने सञ्चार संयोजक निरौलाले जानकारी दिए । सम्मेलनको पोष्ट इभेन्ट पोखरामा गरिनेछ ।

सम्मेलनले नेपालका सडक तथा शहरहरूलाई साइकलमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने सञ्चार संयोजक निरौलाले विश्वास व्यक्त गरे । उनका अनुसार सम्मेलन तयारी समितिका सदस्य स्वेता पान्डे र साहिल श्रेष्ठलाई प्रस्तावना लेखनको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको