Loading... आजः ३ आश्विन २०७७, शनिबार

शिक्षामा सवैको पहुँच पुग्नुपर्छ : मन्त्री पुन

शिक्षामा सवैको पहुँच पुग्नुपर्छ : मन्त्री पुन

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले शिक्षामा सवैको पहुँच पुग्नुपर्ने बताएकी छन । मन्त्री पुनले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ गर्नु आफैमा महत्वपूर्ण रहेको बताउदै शिक्षाको पहुँच सवै ठाउमा पुग्नुपर्ने बताइन् ।
स्याङजाको विरुवा गाउँपालिका–२ मोचाबारी स्थित जामुनेडांडा माध्यामिक विद्यालयमा प्राविधीक शिक्षा वागवानी विज्ञान सञ्चालनार्थ सहयोगका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी मन्त्री पुनले यस्तो बताएकी हुन् ।
शिक्षामा अझै पनि समानता हुन नसकेको वताउदै समान शिक्षा नै अहिलेको आवश्यक्ता र पहुँच नपुगेको ठाउमा प्राविधीक शिक्षा प्रदान गर्न सरकार लागिरहँदा यस्ता कार्यक्रमले सरकारको कदमलाई थप टेवा पुग्ने उनको भनाइ रहेको थियो । गण्डकी प्रदेश सरकारले सामुदायिक बिद्यालयको स्तरोन्ती गर्नका लागि सहयोग गर्ने बताउदै मन्त्री पुनले जनताको छोराछोरीलाई प्राविधीक शिक्षा अहिलेको जमानामा अति आवश्यक रहेको औंल्याइन् ।
उनले शिक्षा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको बिकासका लागि महायज्ञमा प्रवचन दिएर विद्यालयलाई माथि उठाउन सहयोग गर्ने प्रवचन कर्तालाई समेत पुनले धन्यवाद ब्यक्त गरिन् । सो अवसरमा वोल्दै संविधान सभा सदस्य टेकु नेपालीले विद्यालयले चालेको हरेक कदमलाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
त्यस्तै बिरुवा गाउँपालिकाका सदस्य तिल कुमारी रोकाले जामुनेडांडा माध्यामिक विद्यालयमा सञ्चालन हुने प्राविधीक शिक्षा वागवानी विज्ञानले विरुवा गाउपालिका क्षेत्रमा रहेका गरिब किसानका छोराछोरीलाई प्राविधीक शिक्षा अध्ययन गर्नमा टेवा पुग्ने भएकाले गाउपालिका संगै सम्पूर्ण गाउपालिका बासीले सहयोग गर्नुपर्ने बताइन् । माघ तीनदेखि शुरु भएको श्रीमदभागवत आगामी माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।