Loading... आजः ५ आश्विन २०७७, सोमबार

मोटरसाइकलमा हिँड्दै प्रदेशकी महिला मन्त्री !

मोटरसाइकलमा हिँड्दै प्रदेशकी महिला मन्त्री !

शेरबहादुर थापा । सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी चढ्दै आएको गाडी पुस २५ गते बिग्रियो । गाडी बिग्रेदेखि महिला मन्त्री केसी मोटरसाइकलमा हिँड्दै आएकी छन् ।
मन्त्री केसीले चढ्दै आएको गाडी बा २ झ १०५२ नम्बरको गाडी पश्चिम रुकुममा आयोजना गरिएको अर्गानिक मोडेलको कार्यक्रमका लागि रुकुम पुग्ने बित्तिकै रुकुममै बिग्रेर थन्किएको हो । गाडी बिग्रिएपछि हाल मन्त्री केसी उपत्यका भित्रका कार्यक्रममा मोटरसाइकल चढेर जान बाध्य भएकी छन् ।
मन्त्री केसीले अंगरक्षकलाई अर्को मोटरसाइकल तथा आफू अर्को मोटरसाइकलमा चढिरहेकी छिन् । मन्त्री केसीले मोटरसाइकल प्रयोग गरेपनि मन्त्रालयसँग पर्याप्त मोटरसाइकल पनि छैनन् । ‘मन्त्रालयमा गाडी खरिद गर्न १ करोड १५ लाख रुपैयाँ बजेट छ । हामीले टेण्डर आह्वान गरिसकेका छौं,’ मन्त्री केसीले भनिन् । उनले भनिन्, ‘त्यो बजेटबाट हामी निर्देशनालय तथा जिल्लालाई आवश्यकता हेरेर बोलेरो खरिद गर्छौं । मेरा लागि त यो वर्ष त्यही बिग्रेको गाडी धकेल्दै भएपनि बित्ने छ ।’ मन्त्री केसीले सरकारका कामलाई गति दिन पनि जिल्लामा गाडी दिन आवश्यक रहेको बताइन् ।
‘नजिकका कार्यक्रममा पैदलै जान्छु । अलि टाढा भएको खण्डमा मोटरसाइकल प्रयोग गर्छु,’ उनले भनिन्, ‘टाढा भएको खण्डमा गाडी नै रिजर्ब गरेर लैजाने गरेकी छु ।’ गाडी उपलब्ध हुने प्रदेशका मन्त्री झण्डावाल गाडीमा हिँड्ने गरेका छन् । प्रदेश मन्त्रालयसँग पर्याप्त गाडी नहुँदा एउटा बिग्रने वित्तीय मोटरसाइकलमा हिँड्नुपर्ने अवस्था आएको छ ।

 

#लोकान्तर