Loading... आजः ५ आश्विन २०७७, सोमबार

अवधी पत्रकार संघको केन्द्रीय साधारणसभा नेपालगन्जमा

अवधी पत्रकार संघको केन्द्रीय साधारणसभा नेपालगन्जमा

बाँके । अवधी पत्रकार संघ नेपालको यही माघ ५ गते १० औं स्थापना दिवस तथा केन्द्रीय वार्षिक साधारणसभा नेपालगन्जमा हुने भएको छ ।
माघ ५ गते जिल्ला समन्वय समिति बाँकेको सभाहलमा हुने दशौं स्थापना दिवस तथा वार्षिक साधारणसभाले अवधी भाषा र समुदायको बिकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएका एक जना क्रियाशिल पत्रकारलाई सम्मानसमेत गरिनेछ ।
संघका संस्थापक अध्यक्ष सूर्यलाल यादवद्धारा आफ्नी स्वर्गीय आमाको नाममा स्थापना गरिएको ग्रामीण सरस्वती देवि यादव पत्रकारिता पुरस्कारले एक जनालाई सम्मानित गर्ने संघका अध्यक्ष राकेश कुमार मिश्रले जानकारी दिए ।
स्थापना दिवस तथा वार्षिक साधारणसभामा अवधी भाषाको संरक्षण, अवध क्षेत्रका समुदायको बिकास र वर्तमान अवस्थामा अवधी भाषी पत्रकारको अवस्थाका बिषयमा समेत छलफल हुने उपमहासचिव गुरुमुरत यादवले बताए ।
त्यस्तै बाँके, बर्दिया, दांङ्ग, कपिलबस्तु, रुपन्देही र नवलपरासीमा रहेको जिल्ला शाखाका प्रनिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा संघीय सरंचना अनुसार कार्यसमिति पनि बनाउने तयारी गरिएको जनाइएको छ ।