Loading... आजः ९ माघ २०७७, शुक्रबार

भूकम्प दिवस : ‘कुरा गरौं, सुरक्षित होऔं’

भूकम्प दिवस : ‘कुरा गरौं, सुरक्षित होऔं’

बाँके । भूकम्प जाँदा घरको मूल खाँबोलाई अँगालेर ‘मेरो, मेरो’ भन्नुपर्छ भन्ने परम्परागत भनाइ छ । त्यसैगरी कतिपय स्थानमा भूकम्प आउँदा भकारीबाट नभुलीकन माना वा पाथीले धान निकाल्दै भित्र हाल्दै गरे आउँदो बालीको धान धेरै फल्छ भन्ने पनि भनाइ छ । ठाउँ अनुसारका यस्ता अन्य धेरै भनाइ छन्, जसले भूकम्पका बेला घरभित्र हुँदा सुरक्षित तथा होसपूर्ण रहने उपाय दिएका छन् ।
जतिबेला उक्त भनाइहरू बने त्यतिबेलाका घरहरू काठ तथा माटोढुंगाबाट बनेका हुन्थे । घरको सबैभन्दा बलियो चिज मूल खाँबो घर पूरै भत्किँदा पनि सोभैm उभिइरहने हुन्थे, जसले गर्दा भूकम्पका बेला आत्तिएर भाग्दा माथिबाट खस्ने ढुंगामाटोका साथै सामानहरूले लागेर चोटपटक लाग्न सक्थ्यो भने मूल खाँबो अँगालेर बस्दा जोगिने सम्भावना हुन्थ्यो ।
त्यसैगरी भूकम्पको धक्का लामो समय नरहने हुँदा नबिराईकन धान निकाल्ने राख्ने विधि गर्दा होशमै रहन तथा धक्का रोकिएपछि विस्तारै निस्किई सुरक्षित स्थानमा पुग्न सकिन्छ । तत्कालीन समयका संरचनालाई ध्यानमा राखी बनाइएका यस्ता भनाइ संरचनाको परिवर्तनसँगै केही मात्रामा परिवर्तन हुँदै जानुपर्छ । तर ती भनाइका मर्मलाई भने कायम राख्नुपर्छ ।
जस्तै, मूल खाँबो अँगाल्नुबाट सुरक्षित स्थानमा बस्नु र धान निकाल्नुलाई धैर्यपूर्वक बस्नु भन्ने मर्म आजका समयमा पनि आत्मसात् गर्न सकिन्छ । भूकम्प सुरक्षासम्बन्धी सचेतनामा भनिने एउटा भनाइ छ, ‘भूकम्पले नभई हामीले निर्माण गरेका संरचनाका कारण दुर्घटना हुन्छ ।’ यो वास्तविकतालाई मनन गर्न सके हामी सुरक्षित घर तथा भवन बनाउनेतर्फ लाग्छौं । साथै संरचना निर्माणका बेला हरेक व्यक्तिको जीवनकालमा कम्तीमा एक पटक (हालसम्मको आँकडा हेर्दा) आउने भूकम्पबाट सुरक्षित रहने उपाय अवलम्बन गर्न थाल्छौं ।
पछिल्लो अर्थात् २०६२ वैशाख १२ गतेको भूकम्प र त्यस लगत्तैका परकम्पका कारण ८ हजार ८०० भन्दा बढीको मृत्यु भएको तथा २२ हजार भन्दा बढी घाइते भएको तथ्यांक छ । भविष्यमा आउन सक्ने यस्तै वा योभन्दा खतरनाक भूकम्पबाट जोगिन पछिल्लो भूकम्पमा भएका क्षतिको अध्ययन तथा प्रतिवेदन प्रकाशन गर्ने काम विभिन्न क्षेत्रबाट भएका छन् । स्वास्थ्य अनुसन्धान तथा विकास मञ्च, वेस्टर्न वाशिङ्गटन विश्वविद्यालय, ब्रिटिश कोलम्बिया इन्स्टिच्युट अफ टेक्नोलोजी र युटा विश्वविद्यालय समेतको सहकार्यमा सेभ द चिल्ड्रनले पनि एक प्रतिवेदन तयार गरेको छ ।
यसमा ‘गोरखा’ भूकम्पमा भएका मानवीय क्षति (मृत्यु) तथा चोटपटक (घाइते) हुनुका कारणको लेखाजोखा गरी तथ्यांक प्रस्तुत गरिएको छ । अध्ययनले भूकम्पको बेला हडबड गरी भाग्नेलाई सबैभन्दा बढी, यथास्थानमा रहनेलाई मध्यम र ओत लागेर बस्नेलाई सबैभन्दा कम चोटपटक लागेको देखाएको छ । भूकम्पमा परी मृत्यु हुनेमध्ये ७५ प्रतिशतको टाउको, ५८ प्रतिशतको छाती, ४२ प्रतिशतको ढाड तथा ४१ प्रतिशतको खुट्टामा चोट लागेको तथ्यांक छ । यसबाट भूकम्पका बेला लाग्ने घातक चोटपटकबाट जोगिन, टाउको, छाती र गर्धन जोगाउनु महत्वपूर्ण हुने निस्कर्ष निस्किएको छ ।
उक्त भूकम्पले राम्रोसँग बनाइएका, ६ तलाभन्दा होचा तथा आरसीसी गरिएका भवनमा खासै क्षति नपु¥याएको अध्ययनले देखाएको छ । त्यसैगरी भूकम्प प्रभावित ५०० घरपरिवारका १ हजार ८५५ मानिसमाथि गरिएको उक्त अध्ययनमा ओत लागेर बसेका मध्ये कसैको पनि मृत्यु नभएको पाइएको छ । सेभ द चिल्ड्रेनको उक्त प्रतिवेदन सीमित मानिसमाथि अध्ययन गरी निकालिएको हुँदा यसलाई सामान्यीकरण गर्न त मिल्दैन । तर पनि भूकम्पबाट कसरी सुरक्षित हुन सकिँदो रहेछ भन्ने मार्गदर्शन भने अवश्य गर्दछ । भूकम्प कहिले र आफू कस्तो अवस्थामा हुँदा आउँछ भन्ने टुंगो हुँदैन ।

त्यसैले सम्भावित दुर्घटनाको जोखिमबाट जोगिन निम्न उपाय अपनाउन सकिन्छ 
आफू हिँड्ने स्थान वरिपरि, तल वा माथि रहेका संरचना, सामान वा भवनका अन्य भागबाट हुन सक्ने जोखिमको पहिचान गरी राख्ने ।
विभिन्न परिस्थितिमा हुन सक्ने समस्या तथा तिनको सम्भावित समाधानबारे सोच्ने तथा अरूसँगसमेत कुरा गर्ने ।

आफू घर बाहिर हुँदा भूकम्प आए निम्न उपाय अपनाउन सकिन्छ :
घर वा भवनको नजिक भए टाढा जाने ।
मोटरसाइकल, साइकल वा अन्य सवारी साधन चलाउँदै भए खुला स्थानमा लगेर रोकी ओर्लने र सुरक्षित स्थानमा पार्क गरी सजगताका साथ आफू सुरक्षित भई बस्ने ।
पुल, रूख, पोल, बिजुलीको लाइन, सडक संकेत, आकाशे पुल सब वे, टनेल वा अन्य संरचनाबाट अलग्गै रहने ।
पुलको माथि वा मुन्तिरको नजिक भए टाढा जाने
रंगशालामा भए आफ्नो अगाडिको सिट समाती टाउको जोगाएर गुडुँल्किने ।
पहाडी क्षेत्रमा भए माथिबाट खस्ने ढुंगा, माटो, रूख आदिबाट होशियार हुने । अचानक असामान्य आवाज, पहिरो, हिम पहिरो आए ती भूकम्पका पूर्व संकेत हुन सक्ने भएका हुँदा सुरक्षित साथ सजग भई बस्ने ।

भूकम्प आएका बेला घरभित्र भए यी उपाय अपनाउँदा जोखिम कम हुनसक्छ :
आफू घरभित्र मूल ढोकाको नजिकै भए घर बाहिर नजिकैको कुन स्थान बढी सुरक्षित छ, त्यहाँ कसरी पुग्न सकिन्छ भन्ने विचार गरी सुरक्षित साथ त्यहाँ पुग्ने ।
निस्कँदा जाँदा झ्याल, शिशा, घरको बाहिरी पर्खाल, छत तथा बार्दलीमा रहेका खस्न सक्ने गह्रौं वस्तुबाट जोगिँदै निस्कने ।
सुत्ने खाटमा भए सिरानीले टाउको छोपी त्यहीँ बस्ने ।
टेबल अगाडि भए यसको तलपट्टि छिरेर एउटा हातले टेबलको खुट्टा समाएर बस्ने र अर्को हातले आँखा छोपी चोट लाग्नबाट बच्ने ।
नाटक घर वा चलचित्र हलमा भए कम्पन नरोकिउञ्जेल अगाडिको सीट समाती गुँडिल्किएर गर्दन र टाउको जोगाएर बस्ने ।
सोफाजस्ता होचा फर्निचरको नजिकै भए त्यसको छेउमा भुइँमा गुँडुल्किएर टाउको जोगाएर बस्ने ।
ह्वीलचियरमा भए तत्काल सुरक्षित स्थानमा गई ह्वीलचियरको ब्रेक बन्द गरेर बस्ने । चियरबाट तल ओर्लन सकिन्न भने चियरमै गुँडुल्की परेर आफ्नो हातको सहायताले टाउको जोगाएर बस्ने ।
डेस्क बेन्चमा भए आफ्नो सिटबाट तल झरेर भुइँमा घुँडा टेकी गुँडुल्किएर सुरक्षित वस्तुको ओत लिई बस्ने । तर साघुँरो स्थान छ भने नछिरिने गरी अँचेटिएर बस्नु हुँदैन ।
विज्ञान प्रयोगशालामा भए तुरुन्त विद्युतीय स्विच अफ गरी त्यहाँ रहेको जोखिमयुक्त रासायनिक पदार्थलाई छोप्ने वा सिङ्कमा हाली भुइँमा घुँडा टेकी गुँडुल्की परी सुरक्षित वस्तुको ओत लिई घोप्टो परेर बस्ने ।
पुस्तकालय वा पसलमा अग्र्ला याकहरू भएको भागमा भए दराजको लाइनको छेउतिर गएर सुरक्षित ठाउँमा भुइँमा घुँडा टेकी गुँडुल्किएर बलियो वस्तु समातेर बस्ने ।
धेरै तल्ला भएको भवनमा भए भूकम्पले हल्लाइरहेको बेला सिँढी वा र्भयाङ प्रयोग गर्नुहुन्न । किनकि यो घरको सबैभन्दा कमजोर भाग हुन्छ । भूकम्पको बेला लिफ्टको पनि प्रयोग गर्नुहुन्न । भूकम्पको हल्लाइ रोकिएपछि सुरक्षाको अवस्था यकिन गरेर मात्र भ¥याङ तथा आपत्कालीन बाटोको प्रयोग गर्नु पर्दछ ।