Loading... आजः १४ आश्विन २०७७, बुधबार

थन्कियो संसारकै ठूलो जहाज ‘एअरल्यान्डर’

थन्कियो संसारकै ठूलो जहाज ‘एअरल्यान्डर’

इंल्यान्ड । संसारकै सबभन्दा ठूलो जहाज ‘एअरल्यान्डर १०’ थन्किएको छ । छ वटा परीक्षण उडान सकेर यो जहाज अब थन्किने भएको हो । नमूनाका रूपमा बनेको यो पहिलो मोडलका आधारमा अब नयाँ जहाज बन्नेछन् । सन् २०२० मा नयाँ एअरल्यान्डर १० आकाशमा देखिने उत्पादक कम्पनी ‘हाइब्रिड एअर भेइकल्स’ ले जनाएको छ ।
इंल्यान्डको बेडफोर्डसायरमा रहेको कम्पनीलाई यी मोडलका अरू जहाज उत्पादन गर्न बेलायतको नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तीन सय फिट लामो जहाजको दोस्रो परीक्षण उडानमा दुर्घटना भएको थियो । छेठौं परीक्षण उडान भने सफल भएको बताइएको छ । अब यसका कमजोरीहरू सुधारेर नयाँ जहाज उत्पादन थालिने कम्पनीले बताएको छ ।
‘लक्जरी’ जहाज एअरल्यान्डर १० मा १५० फिट लामो क्याबिन छ । जसमा सुइट कोठा तथा बारको सुविधा छ । यसमा शिशाको भुइँ छ । दुई वटा जहाज जोडिएका जस्तो देखिने एअरल्यान्डर १६ हजार फिटसम्मको उचाइमा पुग्ने क्षमता राख्छ । बढीमा १९ जना यात्रु बोकेर यो तीन दिनसम्म उडिरहन सक्छ । अब बन्ने नयाँ मोडलको एअरल्यान्डरको आकार पनि अहिलेकै जत्रो हुनेछ । अरू प्रविधि र सुविधाका बारेमा भने कम्पनीले जनाएको छैन ।