Loading... आजः ३ आश्विन २०७७, शनिबार

किसानले फलाए १५ किलोको एउटै लौका !

किसानले फलाए १५ किलोको एउटै लौका !

बाँके । एउटा लौकाको तौल कति होला ? एक किलो, दुई किलो । यदि तपाईले यस्तो अनुमान गर्नुभएको छ भने तपाईको अनुमान गलत हुनेछ । किनकी डुडुवा गाउँपालिकाका एक किसानले १५ किलोग्राम तौल भएको लौका फलाएका छन् ।
डुडुवा–९ कम्दीका किसान भीमबहादुर चलाउनेले आफ्नो बारीमा १५ केजीको लौका फलाएका हुन् । एकजनालाई सजिलै बोक्न मुस्किल पर्ने लौका फलेपछि स्थानीयका लागि नौलो विषय बनेको छ । किसान भीमबहादुरका अनुसार केही महिनाअघि छोरीले लौकाको बेर्ना ल्याएकी थिइन् ।
सोही बेर्ना भीमबहादुरले आफ्नो बारीमा लगाएका थिए । ‘अरु जस्तै फल्छ होला भन्ने लागेको थियो, तर अहिले त १५ केजीको भयो,’ उनले भने, भीमबहादुरले त्यो लौका बिक्री गरेका छैनन् । उनले भने, ‘बीऊ बनाउनका लागि विक्री नगरेर राखेको छु ।’