Loading... आजः ३ आश्विन २०७७, शनिबार

‘विकास र समृद्धि’ सम्मेलन गर्दै खजुरा गाउँपालिका

‘विकास र समृद्धि’ सम्मेलन गर्दै खजुरा गाउँपालिका

बाँके । खजुरा गाउँपालिकाले आगामी फागुनको पहिलो साता विकास र समृद्धिका लागि खजुरा सम्मेलन गर्ने भएको छ । सम्मेलन तयारी समितिका संयोजक भक्तबहादुर केसीको अध्यक्षतामा आज बसेको बैठकले २ दिने सम्मेलन फागुन पहिलो सात गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा शिक्षा, स्वास्थ्य, कृषि र पशु, आर्थिक विकास, विकासमा जनसहभागिता, सामाजिक समावेशीकरण, महिला नेतृत्व विकास, पूर्वाधार विकासलगायत विषयमा कार्यपत्र प्रस्तुतपछि छलफल हुने त्यसले गुरुयोजनामा प्रवेश पाउने सदस्य पूर्णचन्द्र उपाध्यायले जानकारी दिए ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकाले बनाउन गइरहेको गुरुयोजना निर्माणमा सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘खजुराको समुन्नत विकासका लागि सम्मेलन गर्न गइरहेका छौं, यसले हामीलाई गुरुयोजनामा सहयोग पुर्याउँछ ।’
कार्यक्रममा सदस्य सचिव किरण ढकाल, सदस्य इन्द्रबहादुर थापा, ज्ञानोदय माविका प्रचार्य ऋषिराम सापकोटा, अधिकारकर्मी प्रकाश उपाध्याय, अगुवा धनीराम ओलीलगायतले सम्मेलनलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । सम्मेलनमा देशभित्र तथा विदेशमा रहेका खजुराका अग्रजहरुको पनि सहभागिता हुने जनाइएको छ ।