Loading... आजः १३ आश्विन २०७७, मंगलवार

एक मिलियन अमेरिकी डलरसहित पक्राउ

एक मिलियन अमेरिकी डलरसहित पक्राउ

बाँके । रु.एक मिलियन अमेरिकी डलरसहित प्रहरीले बाँकेको कोहलपुरबाट सोमबार एक जनालाई पक्राउ गरेको छ । रु.एक मिलियन अमेरिकी डलरको नोट देखाएर ठगी गर्दै आएका चक्र बुढालाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो ।
जाजरकोट शिवालय गाँउपालिका–६ स्थायी घर भएका बुढालाई कोहलपुर नगरपालिका–१० स्थित हाईस्कुल नजिकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए ।
बुढाले रु.एक मिलियन अमेरिकी डलर देखाएर स्थानीयलाई ठग्दै आएको सूचनाका आधारमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको सिंहले बताए । हालसम्म प्रचलनमा नआएको उक्त डलर अवैध भएकाले बुढालाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।