Loading... आजः ८ आश्विन २०७७, बिहीबार

साढे तीन हजार कुखुरा बरामद

बाँके । पशु क्वारेन्टाईन कार्यालय नेपालगन्जले यस आर्थिक वर्षको अहिलेसम्म भारतबाट भित्र्याईँदै गरेका तीन हजार ६४२ कुखुरा र दुई हजार १७० चल्ला बरामद गरेको छ । तस्करहरुबाट यो अवधीमा ५ लाख ६८ हजार रुपैयाँ जरिवान असुल पनि गरिएको पशु क्वारेन्टाईन चेकपोष्ट जमुनाहका प्रमुख रामसेवक त्रिपाठिले जानकारी दिए ।
उनले यस अवधिमा ५४ किलो कुखुराको मासु र २५ किलो कुहिएको माछा पनि बरामद भएको जानकारी दिए । कुखुराको अवैद्य आयात रोक्ने सम्बन्धमा बुधबार अवैद्य निकासी पैठारी नियन्त्रण कार्यदल बाँकेको बैठक पनि बसेको त्रिपाठीले जानकारी दिए । हरेक चार महिनामा बस्ने बैठकमा पनि व्यवसायीहरू भारतबाट कुखुराको आयात पुर्ण रुपमा रोक्न प्रहरीको भुमिका प्रभावकारी नभएको गुनासो गरेका छन् ।