Loading... आजः ७ आश्विन २०७७, बुधबार

नेपालगन्ज : ‘रिक्सा भर्सेज ई–रिक्सा’

नेपालगन्ज : ‘रिक्सा भर्सेज ई–रिक्सा’

विजय मल्ल

साइकलजस्तै तर मानिसले आफ्ना दुवै खुट्टाले पाइडिल धकेलेर हातले हेण्डललाई नियन्त्रण गरी चलाइने तीन पाङ्ग्रे सवारी साधन ‘रिक्सा’ हो । नेपालगन्जका विभिन्न स्थानमा सहजै पुग्ने सवैको पहुँच भएको साधन रिक्साको यात्रा नगर्ने विरलै पाइन्छ । सवारी साधनको रुपमा कुनैबेला नेपालगन्जमा एकछत्र राज गरेको रिक्सा आजभोली लोप भइसकेका छन् । यस्ता रिक्सा नेपालगन्ज र त्यस आसपासका क्षेत्रमा हजारौंको संख्यामा थिए ।
तर आजभोली मानवद्वारा चलाइने यस्ता रिक्सा नेपालगन्जमा हामी नगन्य अवस्थामा भेट्छौ । जुन रिक्सा नेपालगन्जको परिचय पनि बनेको थियो । जो नेपालगन्ज र यसआसपासका क्षेत्रका गरीब तथा निम्न वर्गीय ब्यक्तिको रोजीरोटीको राम्रो माध्यम हुने गरेको थियो । प्रविधिको विकास, आधुनिक, सरल र सहज सवारीका रुपमा पछिल्लो समय नेपालगन्जमा ई–रिक्सा भित्रिएसंगै मानिसद्वारा खुट्टाबाट चलाउने यस्ता रिक्सा लोप हुनुका साथै थुप्रै रिक्सा चालकको रोजगारी समेत गुमेको छ ।
प्रविधिको विकास र मानिसले आफूलाई आधुनिकतामा ढालेसगै कतिपय रिक्सा चालकहरु यो ब्यवसाय छाडेर अर्कै ब्यवसाय गर्न बाध्य भए । केहीले जानी नजानी ई–रिक्सालाई नै आफ्नो जीविकोपार्जनको माध्यम समेत बनाइरहेका छन् । केही ई–रिक्सा चलाउन जान्दछन् तर लाइसेन्स नहुँदा उनीहरु अन्य काम गर्न बाध्य छन् । ई–रिक्सा चलाउन केही ज्ञान, सीप र लाइसेन्सको ब्यवस्था हुनुपर्ने हुँदा लामो समयदेखि रिक्सा चलाइरहेका रिक्सा चालकहरु धरासयी भएको उनीहररु बताउछन् ।
सर्वसाधारण तथा यात्रुहरु पनि मानिसद्वारा खुट्टाले घचेटेर चलाइने रिक्साभन्दा पनि ई–रिक्सामा यात्रासम्म पुग्न रुचाउने गर्छन् । एकैपटक ८–१० जनालाई राखेर गन्तब्यसम्म पु¥याउँदा मनग्य आम्दानी हुनुका साथै समयको पनि बचत हुने गरेकोले ई–रिक्सामा यात्रुको रुची बढेको ई–रिक्सा चालकहरु बताउछन् । इन्धन अभावका कारण पेट्र«ोल र डिजेलबाट चल्ने यातायातका साधनको सञ्चालनमा कमी आएका बेला नेपालगन्जमा ब्याट्रीबाट चल्ने यस्ता ई–रिक्सा लोकप्रिय भएका छन् ।
बिजुलीबाट रिचार्ज हुने ब्याट्रीले चल्ने ई–रिक्साहरू इन्धन अभावले डिजेल र पेट्रोल गाडी नचलेका बेला झन उपयोगी हुनेगरेका छन् । बिजुली र ब्याट्रीबाट चल्ने यातायातका साधनको प्रयोगमा ध्यान पु¥याउन सके पेट्रोलियम पदार्थमाथिको निर्भरता स्वतः घट्नेछ । यात्रु बोकेर प्रतिघन्टा २० किलोमिटरको रफ्तारमा गुड्ने ई–रिक्साको बजार मूल्य साढे दुई लाखसम्म पर्ने गरेको छ ।
दैनिक रु दुई हजारसम्म कमाइ हुने यस्ता ई–रिक्साको ब्याट्री फूल चार्ज गरेपछि ९० किलोमिटरसम्म ढुक्कले गुड्ने गरेको ई–रिक्सा सञ्चालक बताउछन् । तर यकातिर सहज यातायातको साधन भएपनि निम्नवर्गीय परिवारको रोजिरोटी नै गुमाएकोले ई–रिक्साले समयअनुकुल आफूलाई पनि अध्यावधि गर्दै लानुपर्ने विषयमा पाठ सिकाएको छ ।