Loading... आजः १० आश्विन २०७७, शनिबार

नेपाल आइडल रवि ओडलाई मातृशोक : करेन्ट लागेर आमाको मृत्यु

नेपाल आइडल रवि ओडलाई मातृशोक : करेन्ट लागेर आमाको मृत्यु

कैलाली । नेपाल आइडल रवि ओडलाई मातृशोक परेको छ । केही दिनअघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता रविकी आमाको करेन्ट लागेर निधन भएको हो । आज (बुधबार) बिहान ७ बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनकी आमा ४५ वर्षीया विष्णा ओडको निधन भएको बताइएको छ ।
करेन्ट लागेकी विष्णालाई चिकित्सकहरुले मृत घोषित गरिसकेको सेती अञ्चल अस्पतालका इमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले पुष्टि गरेका छन् । उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । अस्पतालका अनुसार उनको बाटोमै निधन भइसकेको थियो ।
कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन समारोहमा उपस्थित रवि व्यवस्तताका कारण घर जान पाएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्म दिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना भएको छ ।
रविलाइ जन्म दिने आमाको यसअघि नै निधन भइसकेको थियो । रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृह जिल्लामै रहेका बेला घटना भएको हो । रविका तीन भाइ र दुई बहिनी छन् । जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्णाले नै हुर्काएकी थिइन् ।
कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।
बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन् । तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि उनलाई सेती अञ्चल अस्पताल लगिएको थियो । अहिले उनको शवलाई अञ्चल अस्पतालमै राखिएको छ ।