Loading... आजः ३ आश्विन २०७७, शनिबार

अध्यादेशको विरोधमा कर्मचारी, बाँकेका स्थानीय तहको कामकाज ठप्प

अध्यादेशको विरोधमा कर्मचारी, बाँकेका स्थानीय तहको कामकाज ठप्प

बाँके । बाँकेका स्थानीय तहका कर्मचारीहरुले दैनिक कामकाज ठप्प पारेका छन् । केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका ८ वटै तहमा कामकाज ठप्प पार्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ प्रति असहमति जनाउँदै असन्तुष्ट निजामती कर्मचारीहरु आन्दोलित भएका हुन् ।
अध्यादेश विभेदकारी रहेको भन्दै निजामती कर्मचारी समायोजन स्वेच्छिक बनाउनुपर्ने मुख्य माग राखेर कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । साँकेतिक विरोधसँगै दैनिक केहीसमय काम रोक्दै आएका कर्मचारीले दुई दिनदेखि सम्पूर्ण काम ठप्प पार्नुपरेको नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले बताए ।
कर्मचारी समायोजन अध्यादेशले आफूहरुलाई विभेद गरेको भन्दै देशभरका स्थानीय तहका कर्मचारीहरु एक सातादेखि आन्दोलित भएका छन् । आफूहरुलाई पनि निजामति कर्मचारी सरह सेवा र सुविधाको व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गर्दै आएका छन् । कर्मचारी आन्दोलित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
आफूहरुलाई अन्याय र विभेदमा पार्ने गरी आएको अध्यादेशको विरोध गर्दै समायोजनमा जान नचाहने कर्मचारीहरुलाई ‘पुल दरबन्दी’ कायम गर्न माग गरिएको छ । त्यस्तै प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु संघमा निश्चित मापदण्डको आधारमा सरुवा वा बढुवा हुन पाउने व्यवस्था गर्नुपर्ने कर्मचारीहरुको माग छ ।