Loading... आजः १३ आश्विन २०७७, मंगलवार

सकियो अर्थोपेडिक सम्मेलन

सकियो अर्थोपेडिक सम्मेलन

पोखरा । पोखरामा नवौ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन सकिएको छ । काठमाडौं बाहिर पहिलो पटक पोखरामा आयोजना गरिएको दुई दिने सम्मेलनमा नेपालसँगै चीन, ताइवान, जापान लगायतका देशका १५० जना सम्बन्धित बिषयका बिज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो ।
अर्थोडेन्टिक एशोसिएसन गण्डकीको आयोजनामा भएको कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यसअघि प्रयोग गरिएका विषयसँगै यसका सम्बन्धमा भएका नयाँ उपचार विधी तथा अन्य बिषयमा केन्द्रित रहेर तयार पारिएको विभिन्न ७० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सहभागीहरुले आ आफनो अनुभवसमेत आदान प्रदान गरेका थिए ।
कार्यक्रममा अर्थोडेन्टिक तथा डेन्टोफेसियल सम्बन्धी बिभिन्न बिषयबस्तुमाथि छलफलसँगै अन्तक्रिया गरिएको थियो । सम्मेलनमा सहभागीहरुलाई लक्षित गर्दै अर्थोडेन्टिकसँग सम्बन्धित रहेर गण्डकी मेडिकल कलेजमा प्रयोगात्मक कक्षासमेत सञ्चालन गरिएको आयोजक समितिका सचिव डा.उमेश पराजुलीले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले आफुले उपनाउँदै आएको उपचार विधिका बारेमा अनुभव साटासाट गर्न संचालन गरिएका प्रयोगात्मक कक्षामा सहभागीमध्ये ५० जनाको सहभागिता रहेको पराजुलीले जानकारी दिए । एसिया प्यासिफिक अर्थोडेन्टिक सोसाइटी का अध्यक्ष प्रो. जाउ, अर्थोडेन्टिक एंव अर्थोपेडिक सोसाइटी ताइवानका अध्यक्ष प्रो. जोनसन, अर्थोडेन्टिक एशोसिएसन नेपालका अध्यक्ष प्रा डा रविन्द्रमान श्रेष्ठ, कार्यक्रम संयोजक डा. अन्जना कर्माचार्य, डा विमल पन्थी, लगायतले सम्बन्धित बिषयका विभिन्न आयामहरुमाथि प्रकाश पारेका थिए ।
यसअघि शुक्रवार सम्मेलनको उद्घाटन गर्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा.बुद्धिबहादुर थापाले पोखरामा यस प्रकारको सम्मेलन हुनु पोखराको लागि गौरवको विषय रहेको बताएका थिए । यस्ता सम्मेलनले विभिन्न देशमा हुदै आएको उपचार प्रद्धती सगै हासिल गरेको अनुभव एक आपसमा साटासाट गर्न सहयोग पुग्ने थापाको भनाई थियो । अनुभव आदान प्रदान सगै सहभागिहरुको दक्षता बृद्धि गर्नसमेत कार्यक्रमले सहयोग गर्ने हुँदा समयसमयमा यस्ता कार्यक्रम आयोजना भई राख्नुपर्ने थापाले बताए ।