चारवटा मोटर ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

फाइल तस्वीर ।
फाइल तस्वीर ।

बाँके । प्रहरीले नेपालगन्जका चारवटा मोटर ड्राइभिङ सेन्टरमा आज छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ । मामा भान्जा, रेसुङ्गा, बागेश्वरी र बोहरा मोटर ड्राइभिङ सेन्टरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए ।
लाइसेन्स बनाइदिन्छु भन्दै सर्वसाधरणहरुसँग मोटो रकम लिएको जनगुनासो आएपछि प्रहरीले आज मध्यान्ह ड्राइभिङ सेन्टरमा छापा मारेको हो । यातायातका कर्मचारी, ट्राफिक प्रहरी र मोटर ड्राईभिङ सेन्टरको मिलेमत्तोमा लाइसेन्स वितरणमा व्यापक अनियमितता हुने गरेको गुनासो आएपछि प्रहरीले छापा मारेको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको कागजपत्रको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको