नेपालगन्जका दर्जन इन्स्टिच्युट–ट्युसन सेन्टर अवैध, सरकारी शिक्षकको संलग्नता

बाँके । नेपालगन्ज उपमहानगरपालिका भित्र सञ्चालन भैरहेका करिब एक दर्जन बिभिन्न निजी इन्स्टिच्युट, ट्रेनिङ र ट्यूसन सेन्टरहरू गैरकानुनीरूपमा सञ्चालन भइरहेका छन् । सरकारका जिम्मेवार कर्मचारी तथा सरकारी शिक्षक समेतको संलग्नता रहेका कतिपय यस्ता सेन्टर सम्बन्धीत निकायमा दर्ता समेत नभएको खुलेको छ ।
१८ महिने र ३ बर्षे प्राविधिक कोर्षका लागि प्रवेश परीक्षा तयारी कक्षा, लोकसेवा र शिक्षा सेवा आयोग तयारी कक्षा, कम्प्युटर तालिम, हाउस वायरिङ तालिम, मोटर वाइन्डिङ तथा बिभिन्न कक्षाका ट्युसन र कोचिङ्ग कक्षा सञ्चालन गर्ने भनि ठूला–ठूला होर्डिङ बोर्ड राखेर संञ्चालनमा रहेका यस्ता अधिकांश सेन्टरहरू गैरकानुनी रहेको उपमहानगरपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मनप्रसाद रेग्मीले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा नगरपालिकाको नगर शिक्षा नीति–२०७४ को व्यवस्था अनुसार विद्यालय बाहिर अध्यापन–अध्यापन हुने संस्थाहरू स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छन् । तर, अहिलेसम्म कुनै पनि इन्स्टिच्युट, ट्रेनिङ सेन्टर र ट्युसन सेन्टरहरू स्थानीय तहमा दर्ताका लागि नआएको शिक्षा अधिकृत रेग्मीले बताए । सबैले मनपरी ढंगले शुल्क उठाइरहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको