श्रृंखलालाई ‘ब्यूटी विथ द प्रपोज’को उपाधि दिलाउने मन छुने भिडियो

Featured Video Play Icon

काठमाडौं । मिस नेपाल २०१८ श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ मा एउटा टाइटल जितेकी छन् । मल्टिमिडियामा सबैभन्दा राम्रो प्रतिक्रिया पाएर टप ३० मा पुगेकी श्रृंखलाले ‘ब्यूटी विथ द प्रपोज’ को उपाधि जितिन् । नोभेम्बर ३ मा फोटोग्राफर सिसन बानियाँको यूट्यूब अकाउन्टबाट श्रृंखलाले मकवानपुरको चेपाङ बस्तीमा भ्रमण गरेको भिडियो सार्वजनिक भएको थियो ।

हेर्नुस् भिडियो : 

उक्त भिडियोले श्रृंखलाको कामलाई धेरै सामू र्पुयायो र उनले गरिरहेको कामको बारेमा जानकारी पनि । तर श्रृंखलालाई ‘ब्यूटी विथ द प्रपोज’ जिताउने भिडियो भने आज अर्थात् डिसेम्बर ४ मा पेजेन्ट बजले सार्वजनिक गरेको छ । कैलाश गाउँपालिकामा भएका चेपाङ्ग बस्तीमा उनले गरेका कामका बारेमा उक्त भिडियो सम्बन्धित छ । ८ मिनेट २१ सेकेण्ड लामो भिडियोमा श्रृंखलाले आफैँले आवाज दिएकी छन् ।

प्रतिक्रिया

धेरै पढिएको