पत्रकार सिद्दीकीको निधन

बाँके । नेपालगन्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गएराति निधन भएको छ । बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष उनको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति ११ बजे निधन भएको हो ।
सिद्दीकीको अन्तिम संस्कार आज बिहीबार दिउँसो १ बजे स्थानीय कब्रस्तानमा हुने पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गाैलामा संक्रमण भएर विगत छ महीनादेखि अस्वस्थ रहँदै आएका उनी दश दिनदेखि अस्पतालमै थिए । सिद्दीकीको उपचारका लागि काठमाडौँ र भारतको लखनउका अस्पतालमा भर्ना गरिए पनि रोग निको हुन सकेको थिएन । दुई वर्षअघि उनको मुटुको शल्यक्रियासमेत भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको