अन्तर्राष्ट्रियस्तरको अनुसन्धानमूलक सेमिनार हुँदै

बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले दुई दिने अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानमुलक सेमिनार गर्ने भएको छ । क्याम्पसले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर ब्यवस्थापन विषयलाई पुनःपरिभाषित गराउन सेमिनारको आयोजना गरिएको जनाएको हो ।
क्याम्पस प्रमुख तारा उपाध्यायले विद्यालय क्याम्पसमा विद्यार्थीहरुमा ज्ञानमात्र साटासाट भएको अवस्थामा दक्षता अभिबृद्धि गराउन सेमिनार फलदाई हुने बताए । सेमिनारमा भारतको मध्यप्रदेश, केरला, बगंलादेश, पाकिस्तान, भुटानलगायतका मुलुकका प्राध्यापक तथा अनुसन्धानकर्ताको सहभागिता रहने क्याम्पस सञ्चालन समितिका अध्यक्ष मोतीलाल पाण्डेले जानकारी गराए ।
सेमिनारमा विभिन्न विद्यामा विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने र सेमिनारका लागि २१ वटा कार्यपत्रकरु प्राप्त भएको पूर्व क्याम्पस प्रमुख डा. ईश्वर गौतमले बताए । कार्तिक ३० र मंसिर १ गते हुने सेमिनारमा करिव ३०० जनाको सहभागिता रहने प्राध्यापक गोपालप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

धेरै पढिएको