वडा कार्यालयबाटै जेष्ठ नागरिकलाई भत्ता

बाँके । नेपालगन्ज उपमहानगपालिका वडा नम्बर १८ ले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडाध्यक्ष दीपक बर्माले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको जानकारी दिए । वडाध्यक्ष बर्माले असोज भोलीसम्म भत्ता वितरण कार्य चल्ने बताए ।
वडाध्यक्ष बर्माको पहल र अग्रसरतामा वडा कार्यालयबाट भत्ता वितरण भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि सेञ्चुरी बैंकसँग सहकार्य गरिएको छ । भत्ता वितरणका लागि बैंकको टोली वडा कार्यालयमा खटिएको छ । वडा नं. १८ मा यसबर्ष सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरु ७१० जना रहेका छन् ।

प्रतिक्रिया

लोकप्रिय