उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

बाँके । बाँकेको कोहलपुरमा सञ्चालित डेण्टल अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पतालका प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए ।
दश शैयाबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधाहरु समेत बढाउँदै लैजाने योजनामा आफुहरु रहेको अस्पताल प्रमुख शाहीले बताए । कोहलपुर न्यूरोडमा स्थापना गरिएको उक्त अस्पतालमा दाँत सम्बन्धी सम्पूर्ण रोगको विशेषज्ञ सेवा उपलब्ध गराइनेछ ।
अस्पतालले सरकारले तोकेको आरक्षण सिटहरु समेत सुनिश्चित गरेको छ । अस्पतालले मुक्त कमैया, लोपोन्मुख जातजाती, भूमिहिन, सुकुम्वासी, एकल महिला तथा जेष्ठ नागरिकहरुलाई समेत ५० प्रतिशत छुटमा सबै प्रकारका सेवाहरु उपलब्ध गराउने शाहीले जानकारी दिए ।

प्रतिक्रिया

धेरै पढिएको