दुई थान चितुवाको छालासहित दुई जना पक्राउ

बाँके । चितुवाको छालासहित प्रहरीले बाँकेमा दुई जनालाई पक्राउ गरेको छ । चितुवाको छाला विक्रीवितरण तथा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रदेश नं. ५ अनुसन्धान ब्यूरो नेपालगन्जबाट खटिएको टोलीले दुई थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको नेतृत्वमा खटिएको टोलीले बिहीबार राती बाँकेको बैजनाथ गाँउपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका बस्ने चन्दन वादी (नेपाली) र सोही ठाँउका कृष्ण वादीलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमूख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । अवैध छालासहित पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको