कालो पहिरनमा ‘भर्सटायल’ नम्रता

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी ‘भर्सटायल’ अभिनेत्रीको रुपमा चिनिन्छिन् नम्रता श्रेष्ठ । नम्रताले प्रायः फरक भूमिकाका चलचित्रमा काम गर्ने गरेकी छन् र उनको कामलाई धेरै रुचाउने गरेका पनि छन् ।

नम्रताले चलचित्रमा आफूले जस्तो पात्रको भूमिका गर्दै छिन् त्यहि अनुरुप आफूलाई ढाल्ने प्रयास गर्छिन् । सानो संसारबाट नेपाली चलचित्र उद्योगमा आएकी नम्रता पछिल्लो समय चलचित्र जाइराको काममा व्यस्त छिन् ।

उनले जाइरामा लागि कपाल काटेकी छन् भने तौल पनि घटाएकी छन् । छोटो कपालसहितकी नम्रता बिहीबार काठमाडौँको एक कार्यक्रममा कालो पहिरनमा देखिइन् । कालो छोटो कपालमा उनलाई कालो पहिरन निकै सुहाएको थियो । नम्रता निकै राम्री र योङ्ग देखिएकी थिइन् ।

प्रतिक्रिया

धेरै पढिएको