धातुबाट बनेका उपकरणको पुजा गरेर आज विश्वकर्मा दिवस मनाइँदै


बाँके । आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
एकैरातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिदैं आइएको छ । यही सम्झनामा नेपालका कालीगढले भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्ने गरेका छन् ।
देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् । विशेषगरी फलाम लगायतका धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् ।
आज सवारी साधन मेसिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।

प्रतिक्रिया

लोकप्रिय