व्यवस्थित बन्दै शमसानघाट

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा रहेको शमसानघाट व्यवस्थित गरिने भएको छ । शमसान क्षेत्रमा थुपै्र संरचना निर्माण गरी सफा वातावरण सिर्जना गरिने योजना अघि सारिएको वडाध्यक्ष सुरेन्द्र गुप्ताले जानकारी दिए ।
उपमहानगरपालिकाको वडा नं. ८ र एकिकृत शहरी विकास आयोजना परियोजना कार्यान्वयनको संयुक्त पहलमा पीसीसी सडक निर्माण गरिएको उनले बताए । शव जलाउने स्थानसम्म दाउरासहितका साधन लैजान असहज हुँदै आएकोमा अब सो समस्या समाधान हुने उनको भनाई छ ।
परियोजनाको सात लाख ९५ हजार र वडा कार्यालयको दुई लाख लागतमा २१० मिटर पीसीसी बाटो निर्माण गरिएको छ । गुप्ताका अनुसार दाहसंस्कारमा कुनै प्रकारको कष्ट व्यहार्ने नहोस् भन्ने उद्देश्यले बाटो निर्माण गरिएको हो । फूलका विरुवा रोपेर सौन्दर्यकरण र उक्त स्थानमा बत्ती जडान गर्ने तयारीसमेत भइरहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको