Loading... आजः १० कार्तिक २०७७, सोमबार

स्थानीय तहमा सूचनालाई व्यवस्थित बनाउन कार्यशाला

स्थानीय तहमा सूचनालाई व्यवस्थित बनाउन कार्यशाला


सल्यान (सल्लीबजार) । सूचनालाई व्यवस्थित र पारदर्शीरुपमा अघि बढाउन स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो भूमिकालाई फराकिलो बनाउन लागिपरेका छन् । स्थानीय तहमा भएका सूचनाहरुलाई पारदर्शीरुपमा नागरिकहरुको पहुँचसम्म पुर्याउन जनप्रतिनिधिहरु आफ्नो भूमिका खोज्न थालेका छन् ।
सोही अनुसार सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका जनप्रनिधिहरुले स्थानीय तहमा सूचनालाई प्रभावकारीरुपमा अघि बढाउन सञ्चार कार्याशाला सञ्चालन गरेका छन् । कार्यशालाबाट आफूहरुले सूचना र सञ्चारको महत्वलाई फराकिलो बनाउँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
वनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार पुनले आन्तरिक र बाह्य सूचनाको सहि व्यवस्थापन गरी जनतालाई सहि किसिमको सेवा प्रवाहमा सहयोग पुग्ने बताए । उनले भने, ‘२१ औं शताब्दी सूचनाको युग भएकाले सहि किसिमको सूचना संकलन र विश्लेषण सहि योजना निर्माणमा सहयोग पुग्छ ।’


जनतालाई प्रभावकारी सेवा प्रदान र दिगो विकासमा जनसहभागिता बनाउन पनि सञ्चार प्रभावकारी आवश्यक हुने पुनको भनाई छ । उनले भने, ‘दिगो विकासका लागि सूचनालाई ब्यवस्थित गर्न तालिम सिकाई हुने विश्वास छ ।’ प्रकृति मल्टी प्रपोज मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य, वडा अध्यक्ष, विषयगत समितिका प्रमुखहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो ।
नगरपालिकाका उपप्रमुख मञ्जु यरीको अध्यक्षतामा चलिरहेको कार्याशालामा सञ्चार, सञ्चारको किसिम, सूचना प्रवाह, आन्तरिक र वाहय सञ्चार, स्थानीयका अधिकार, मिडिया र स्थानीय सरकार, सूचनाको हक, सामाजिक सञ्जाल प्रयोग र उपयोगिता लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा पत्रकार नरेन्द्र केसी र प्रतिक इच्छुक शर्मा लगायतले सहजीकरण गरेका थिए ।