Loading... आजः ७ कार्तिक २०७७, शुक्रबार

मोडल स्मिता भन्छिन्, ‘म कल गर्ल होइन, पुरुष मेरा खेलौना हुन्’ (फोटोकथा)

मोडल स्मिता भन्छिन्, ‘म कल गर्ल होइन, पुरुष मेरा खेलौना हुन्’ (फोटोकथा)


काठमाडौं । २९ नोभेम्वर, २०१५ मा उपर्युक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै स्मिता थापाले लेखेकी थिइन्,‘यदि म तिम्रो ‘क्रस’ हो भने मेरा ३र४ तस्बिर मन पराऊ, कोही पनि मबाट आशावादी हुनेछैनन्, मेरा तस्बिर सेयर गर र हेर तिमीलाई कसले मन पराउँछ ।’
सामाजिक सञ्जालमा तेज गतिमा दौडिरहेकी स्मिताको यो पुरुषका लागि चुनौति थियो । लुकेर उनीसँग कुरा गर्ने, छिल्लिने र केही माग गर्नेहरूका लागि सार्वजनिक चुनौति पनि हुन सक्छ । र, केही साताअघि माथिको तस्बिर राखेर लेखिन्, ‘मेरो मान्छेलाई नछोऊ, सन्देश नपठाऊ, उसको बारेमा चिन्ता नलिऊ, ऊ मेरो हो ।’
यो उनको महिलालाई चुनौति थियो । स्मिता र मिडियाको सम्बन्ध जब जोडियो, रङ्ग बजारमा तरङ्ग पैदा गर्ने फरक शैली आयो । स्मिता जसलाई कुनै बेला बबी थापाका नामले चिनिन्थ्यो । नेपाली रङ्गमञ्चमा बोल्ड, हट र सेक्सी अवतारको तस्बिर प्रकाशित गर्न न हिचकिचाउने मोडल । उनको मासिक खर्च टन्नै छ तर अहिले रोजगारी छैन । एउटा फ्ल्याटमा बस्छिन्, दैनिक उनको ठूलो खर्च छ ।
एउटा अन्तरवार्ताका क्रममा केही बर्षअघि उनको व्यापक चर्चा पनि भयो । उनले भनेकी थिइन्, ‘मलाई लाग्ने होइन, लोग्ने मान्छे चाहिन्छ ।’ सेक्सका विषयमा खुलेर बोल्ने उनको त्यो अन्तरवार्ताले दिएको चर्चा एकातिर छ तर सामाजिक सञ्जालमा उनले ‘कोट’सहित राख्ने तस्बिरका चर्चा अर्कातिर छन् ।
लेखक पूर्वजर्नेल राजेन्द्र थापाको ‘खेलौना’ उपन्यासको कभर पात्र बनेकी स्मिता सेक्सका विषयमा खुला छिन् । पुरुषका विषयमा उनको धारणा प्रस्ट छ । उनले भनेकी छन्, ‘पुरुष मेरा खेलौना हुन् ।’ उनले पत्रकारलाई दिएको उत्तरमा नै पुरुष आफ्ना खेलौना भएको बताएकी थिइन् । ‘मेरो शरीरले इच्छा गर्दा उनीहरुलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ,’ उनले एउटा अन्तरवार्तामा भनेकी थिइन् ।
१६ वर्षको उमेरदेखि पुरुषसँग संगत गर्दै आएकी उनी कुनै बेला पत्रकारसँगको प्रेममा परेकी थिइन् । जब धोका पाइन् अनि पुरुषलाई खेलौना ठान्न थालिन् । कतिपय ड्रिम ब्वाई लाग्ने पुरुष अब उनलाई सामान्य जस्तो लागिरहेको छ । सेक्सबारे पनि खुलेर बोलेकी उनले शरिरको आवश्यकता पुरा गर्नका लागि यौन सम्बन्ध राखेको पनि बताइसकेकी छन् । उनले आफुलाई सम्पन्न परिवारकी युवती भएका कारण खर्च गर्नका लागि कुनै समस्या नरहेको बताइसकेकी छन् ।
यहि सन्दर्भमा उनले एउटा अन्तरवार्तामा भनेकी छन्, ‘म महिनाको ४–५ लाख खर्च गर्ने क्षमता राख्छु । म बीटेक गरेकी शिक्षित एवम् सक्षम युवती हुँ ।’ उनको चाहना नै नयाँनयाँ पुरुषसँग संगत गर्नेछ । कागजमै लेखेर नदिए पनि उनले भन्ने गरेकी छन् मेरो रुची नै नयाँ नयाँ पुरुषसँग संगत गर्ने हो । डान्स क्लासमा भेटेका एक पुरुषसँग उनले १६ वर्षको उमेरमा नै ‘ओरल सेक्स’ गरेको बताइसकेकी थिइन् ।
स्मितालाई पाको पुरुष मनपर्छ । कारण, उनीहरू अनुभवी हुन्छन् । उठबस गर्दा शंका हुँदैन । त्यसकारण पनि सेफ साइडमा बसेर जीवन विताउनका लागि उनी पाको पुरुष नै रोज्ने गर्छिन् । सन्तानकै लागि बिहे आवश्यक नरहेको बताउने स्मिताले भनेकी थिइन्, ‘सन्तानका लागि विवाह गर्नुपर्दैन । मलाई एउटा यस्तो लोग्ने मानिस चाहिएको छ, जो हेण्डसम होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।’