Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
Trending:

गौहत्या गर्ने चार जना नेपालगन्जमा पक्राउ

गौहत्या गर्ने चार जना नेपालगन्जमा पक्राउ

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान आफ्नै घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुमाथि गौहत्यासम्बन्धी मुद्दा चलाइने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । पक्राउ परेका मोहम्मद इलियास जोलाहालाई यसअघि अदालतले ठगी मुद्दामा चार वर्ष कैद गरेको बताइएको छ ।