Loading... आजः १० कार्तिक २०७७, सोमबार

बाढी र पहिरो कहिले आउँदैछ ? यसरी थाहा पाउनुहोस्

बाढी र पहिरो कहिले आउँदैछ ? यसरी थाहा पाउनुहोस्


काठमाडौं, १८ असार । वर्षायाम सुरु भएसँगै मनसुन सक्रिय भएको छ । अविरल वर्षासँगै देशका केही ठाउँमा डुवान भएको छ । खहरेखोला र नदीहरुमा पानीको सतह बढेको छ । बाढी र पहिरोको जोखिम पनि उतिकै छ ।
तपाईंको घर नजिकै पनि सानाठूला खोला र नदीहरु छन् भने सतर्क हुनेवेला आएको छ । पानीले भिजेको जमिन भासिने र पहिरो जान सक्ने भएकोले त्यसतर्फ पनि सचेत हुनु जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वसूचना सेवाले जनाएको छ ।

तपाईंको नजिकैको खोलामा पनि बाढी आउँदै छ कि ? यसरी थाहा पाउनुहोस्
१) ११५५ टोल फ्री नम्बरमा असार, साउन, भाद्र र असोज महिनाभरी फोन गर्नुहोस् र सोध्नुहोस् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।
२) तपाईं बाढी वा पहिरोको जोखिमयुक्त स्थानमा वा नजिकै हुनुहुन्छ भने मोवाइलमा ११५५ नम्बरबाट ‘सतर्क रहनुहोस्’ भन्ने अभिप्रायको एसएमएस पनि आउन सक्छ । यसरी प्राप्त सूचना वरपरका सबैलाई जानकारी पनि गराउनुहोला ।
३) तपाईं मोवाइल, ल्यापटप वा कम्प्यूटरमा इन्टरनेट सेवा प्रयोग गर्ने गर्नुहुन्छ भने www.hydrology.gov.np भित्र गएर हेर्नुहोस् । त्यहाँ आगामी २४ घण्टासम्मको बाढी भविष्यवाणी अपडेट भइराखेको हुन्छ । कुन नदीमा कति बहाब छ, कहाँ कति पानी परिराखेको छ भन्ने जान्न River Watch र Rainfall Watch हेर्नुस् ।
४) बाढी सूर्व सूचना वा धेरै वर्षा भएको स्थानमा पहिरोका जोखिमको पूर्वसूचना पाउन नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा फोनसमेत गर्न सक्नुहुन्छ ।
५) वर्षातको समयमा निरन्तर समाचार सुन्ने बानी पनि बसाल्नुहोस् ।