Loading... आजः १० कार्तिक २०७७, सोमबार

२२ किलो चरेससहित शिवराजमा तीन जना पक्राउ

२२ किलो चरेससहित शिवराजमा तीन जना पक्राउ

बाँके, १७ असार । प्रदेश नम्बर पाँच नेपाल प्रहरीको अनुसन्धान व्युरो नेपालगन्जले २२ किलो चरेशसहित कपिलबस्तुबाट तीन जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले कपिलवस्तुको शिवराज नगरपालिका–१ उमाराबाट तीन जनालाई चरेशसहित पक्राउ गरेको जनाएको छ ।
नेपाल प्रहरीको अनुसन्धान व्युरो नेपालगन्जका सहायक प्रहरी निरिक्षक विष्णु गिरीको नुतृत्वमा गएको प्रहरी टोलीले शनिबार राती अबैध चरेससहित पक्राउ गरेका व्यापारीहरुलाई इलाका प्रहरी कार्यालय चनौटा कपिलबस्तुमा बुझाएको जनाएको छ ।
पक्राउ पर्नेमा कपिलबस्तु शिवराज नगरपालिका–१ का राजकुमार रोका, दाङ तुल्सीपुर उपमहानगरपालिका–६ का आशिष खड्का र किरणप्रकाश बम रहेका छन् । प्रहरीले उनीहरुका साथबाट रा ३ प २३४३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।