Loading... आजः ६ कार्तिक २०७७, बिहीबार

सशस्त्र प्रहरीका एसपी गुरुङ्गले बीच बाटोमै पिसाब गरेपछि…

सशस्त्र प्रहरीका एसपी गुरुङ्गले बीच बाटोमै पिसाब गरेपछि…

काठमाडौं १२ असार । सशस्त्र प्रहरी बलका एसपी गोपाल गुरुङ विवादमा तानिएका छन् । उनले स्थानीयको कुटाई पनि भेटेका छन् । सीमा सुरक्षा कार्यालय सिराहाको प्रमुखको रुपमा कार्यरत गुरुङ विदामा काठमाडौं आएका थिए ।
काठमाडौँ आएका बेला गरेको एउटा हर्तका कारण उनी विवादमा तानिएका हुन् । त्यतिमात्र होइन स्थानीयको कुटपिटबाट घाइते भएको र उपचार गराइरहेको बताइएको छ । घटना आइतबार मध्यरातको हो । आइतबार राती मदिराले मातेका एसपी गुङले काठमाडौं बौद्धको बीच सडकमै पिसाब गरेका थिए ।
राती साढे ११ बजेतिर गुरुङसहित अन्य चारजना मदिरा सेवन गरेर मुल सडकमा पिसाव गर्न लागेपछि स्थानीयले उनीहरुलाई लखेटेर कुटपिट पनि गरे । लगत्तै त्यहाँ आइपुगेको बौद्ध प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो । प्रहरी नियन्त्रणमा परेपछि गुरुङले आफू सशस्त्रको एसपी भएको भन्दै परिचयपत्र देखाए । त्यसपछि प्रहरीले परिचयपत्रको फोटोकपी राखि उनलाई मेडिकल गरेर पठाएको थियो ।
स्थानीय युवाहरुले लखेटेपछि भाग्ने क्रममा प्रहरी र स्थानीयले एसपी गुरुङको समुहमाथि हातपात गरेको बताइएको छ । तर, बौद्ध प्रहरीले गुरुङमाथि हातपात नगरेको दाबी गरेको छ । समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेका प्रहरीका उच्च अधिकारीले नै मदिराले मातेर बीच सडकमै पिसाब गर्ने, हलदङ्गा मच्चाउने र होहल्ला गर्ने गरेपछि अहिले बौद्धतिर यसको व्यापक चर्चा हुन थालेको छ ।