Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
Trending:

अनुपाको मृत्युबारे निष्पक्ष छानविन होस् : पत्रकार महासंघ

अनुपाको मृत्युबारे निष्पक्ष छानविन होस् : पत्रकार महासंघ


बाँके । नेपालगन्जकी युवा पत्रकार अनुपासिंह राजवंशीको मृत्यु सम्बन्धमा नेपाल पत्रकार महासंघ बाँके शाखाले घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । मृत्यु सम्बन्धमा चासो देखाउँदै शाखाले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई भेटेर घटनाको निपष्क्ष छानबिन गर्न आग्रह गरेको छ ।
शाखाका अध्यक्ष ठाकुरसिङ थारुको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी केसीलाई भेटेरै घटनाको निपष्क्ष छानबिन गर्न आग्रह गरेको हो । महासंघका अध्यक्ष थारुले पत्रकार अनुपाको निधनप्रति आफुहरु स्तब्ध बनेको भन्दै मृत्यूको निपष्क्ष रुपमा छानबिन गर्नुपर्ने बताए ।
सिडियो केसीले पत्रकार अनुपाको निधनले आफुलाई दुखी बनाएको भन्दै घटनाको निपष्क्ष रुपमा छानविन गरिने प्रतिबद्वता जनाएका छन् । रेडियो हुँदै टेलिभिजन पत्रकारितामा सक्रिय अनुपाको सोमबार राती नेपालगन्जको सुर्खेतरोडमा रहेको होटल सिग्नेट इन कृष्णामा नाच्ने क्रममा असामयिक निधन भएको थियो ।