Loading... आजः १४ कार्तिक २०७७, शुक्रबार

विद्यालय जाँदा चिण्डा भिरेर नदी तर्नुपर्ने बाध्यता

विद्यालय जाँदा चिण्डा भिरेर नदी तर्नुपर्ने बाध्यता


सल्यान । बर्षायामको उर्लदो भेल, त्यसैमा पनि भेरी नदी पार गरेर पाँच किलोमिटर हिड्दै विद्यालय जानुपर्ने बाध्यता, अनि विद्यालयमा हुने शैक्षिक बन्द र हड्ताल, यस्तै यस्तै विवशता भोग्दै छन् सल्यानको बनगाड कुपिण्डे नगरपालिका–नाम्राका विद्यार्थीहरु ।
घर एउटा जिल्लामा पढाईका लागि जानुपर्ने अर्को जिल्लामा, यो नियती बर्षौदेखि भोग्दै आएका विद्यार्थीहरुको जीवनमा कत्तिको जोखिम आउछ होला, अनुमान गर्न पनि गा¥हो पर्ने गर्छ । सल्यानमा घर भएका उनीहरु पढाइका लागि एकाविहानै भेरी नदीको उर्लदो भेलमा हाम फाल्दै नदी पार गरी सुर्खेतको राकममा पर्ने बागेश्वरी उच्च माध्यामिक विद्यालयमा पढ्नुपर्ने बाध्यता कहिले सम्मका लागि हो त्यो त उनीहरुलाई नै थाहा छैन ।
बर्षमा सबैभन्दा धेरै बर्षायाममा उनीहरु एका विहानै उठेर दुई घण्टा अगावै विद्यालय जानका लागि तयार हुन्छन्, अनि कापी कितावसँगै नदी पार गर्नका लागि चिण्डा (लौका जातको गोलो आकारबाट सुकाएर नदी पार गर्नका लागि बनाइएको सामाग्री) बोकेर घरबाट हिड्छन्, चिण्डा कम्मरमा बाँधेर २० मिनेटमै नदी पार गर्छन्, यस्तै दिनचर्या उनीहरुको लगातार दोहोरिरहेको हुन्छ ।
सल्यानको नाम्राका दुई दर्जन विद्यार्थीहरु यस्तै जोखिमपूर्ण दिनचर्या दोहोर्याउदै उज्वल भविष्य बनाउन पढाइका लागि विद्यालय जान्छन्, तर, मुलुकमा भइरहने घटनाक्रमले बारम्बार विद्यालय बन्द हुँदा उनीहरु आफ्नो मात्र नभई मुलुकै भविष्यप्रचि चिन्तित हुने गरेका छन् ।
नाम्राबाट बागेश्वरी उच्च मावि राकममा पढ्न आएका विद्यार्थी विक्रम तिरुवा भन्छन्, ‘उर्लदो भेलमा पनि नदी तरेर विद्यालय आइन्छ तर, विद्यालयमा हुने बन्द, हड्तालले कहिल्यै राम्रोसँग पढ्न पाइन्न, हाम्रो भविष्य त यस्तै हो देशकै भविष्य के हुने हो भन्ने चिन्ता छ ।’

विद्यार्थी जीवन शर्मा भन्छन्, ‘नजिकमा स्कुलहरु छैनन्, आफ्नो भविष्यको लागि भएपनि जोखिम मोलेर एका विहानै नदी पार गर्ने तयारी गर्छौ । हामीहरु जस्तै भेरी नदीमा पर्याप्त पुल नहुँदा नदी पार गर्न हजारौं सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’

उनी भन्छन्, ‘देशकै असल नागरिक बन्नका दैनिक १० किलोमिटर ओहोरदोहोर गरेर पढ्न जानुपर्छ । नदी तरेपछि विद्यालय पुग्न यातायातको सुविधा भएपनि गाडीले नरोकिदिँदा दुई घण्टा हिँडेरै विद्यालय पुग्नुपर्छ, अनि हामी के को असल नागरिक बन्नु, यो देशमा भइरहने बन्द हड्ताल सधैका लागि बन्द हुनुपर्छ ।’
तिरुवा जस्तै पीडा भोग्दै आएका विकेन्द्र खत्री भन्छन्, ‘पुलको समस्याले गर्दा ठाँउठाउँमा चिण्डाबाट नदी पार गर्नका लागि सजिलो स्थानको छनौट गरिएको हुन्छ । साउन भदौको उर्लदो भेलमा मात्र होइन पुस–माघको कठ्याग्रिदो चिसोमा पनि हामीहरु स्कूल ड्रेस फुकाल्छौं र टाउकोमा किताबको पगेरी बाधेर नदिमा पस्छौं ।’
सल्यान देवस्थल गाविसका यी विद्यार्थीहरु जस्तै सल्यानकै बामे गाविसका दर्जन बढी विद्यार्थीहरु पनि यो नियती भोग्दै पूर्वी सुर्खेतको घोरेटामा रहेको सुर्यज्योती माविमा पढ्नका लागि पुग्ने गर्छन् । विद्यार्थी जीवन शर्मा भन्छन्, ‘नजिकमा स्कुलहरु छैनन्, आफ्नो भविष्यको लागि भएपनि जोखिम मोलेर एका विहानै नदी पार गर्ने तयारी गर्छौ । हामीहरु जस्तै भेरी नदीमा पर्याप्त पुल नहुँदा नदी पार गर्न हजारौं सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’
सुर्खेतका पूर्वी क्षेत्र आग्रीगाँउ, घोरेटा, बजेडिचौर, राकम, डाँडाखाली, काप्रिचौर, सल्यानका देवस्थल, बामे, कालागाउँ र जाजरकोटका सीमा, भुर, कार्कीगाउँ लगायतका सर्वसाधारणहरु जोखिमपूर्ण घाट तरेर वारपार गर्ने गर्छन् । पर्याप्त पुल नहँुदा कोही घाट (डुङ्गा)बाट नदी तर्छन् भने कोही जंघार तर्छन् । जंघार तर्दा अहिले बर्षेनी दर्जन बढी व्यक्तिले ज्यान गुमाईसकेको सुर्खेत आग्रीगाउँका डुङ्गा चालक (नाउ) रामबहादुर विकले बताए ।
उनले भने, ‘हामी भएनौं भने मान्छेहरु आपंंmैं तर्न खोज्दा घाटवाट खसेर मर्ने गर्छन्, त्यसैले हामी नहुँदा घाट नर्तनु पनि भनेका छौं ।’ आफुहरुले घाटवाट गाई, भैंसी, बाख्रा, भेडा पनि तार्ने गरेको उनी बताउँछन् । पुलको समस्या दर्शाउँदै विक भन्छन्, ‘अव त झन वर्षा लाग्न थाल्यो, भेरी आएर घाट लगिदिन्छ, खै कसरी तर्ने हो ? गाह्रो छ ।’
भेरी नदीमा पुलको व्यबस्था नहुँदा सुर्खेतका बागेश्वरी उच्च माध्यामिक विद्यायल राकम, भानु उच्च माध्यामिक विद्यायल बजेडिचौर र सुर्यज्योती माध्यामिक विद्यायल घोरेटामा अध्ययनरत विद्यार्थीहरु पौडी खेलेरै विद्यालय आवतजावत गर्छन् । पुल भएमा आधा घण्टामा पुग्न सकिने राकमको बागेश्वरी उच्च माविमा नाम्राका विद्यार्थीहरु आधा घण्टा पौडी खेलेर मात्र विद्यालय पुग्छन ।
गाउँ नजिकै माध्यामिक विद्यालय नभएका कारण विद्यार्थीले यस्तो सास्ती भोग्नु परेको अभिभावकको गुनासो छ । ‘आधा भन्दा बढि विद्यार्थीहरु भेरीमा जंघार तरेर जान्छन्, नदीको यात्राले गर्दा हामीलाई सधैं चिन्ता लागि रहन्छ,’ अभिभावक भूपेन्द्र शर्मा भन्छन्, ‘नदीमा पूल बनाउन जति माग गरे पनि कुनै सुनुवाई भएको छैन ।’ विद्यालय जाँदा छात्रलाई भन्दा छात्राहरुले दुइ जोर कपडा लगाउने र फेर्ने झन्झट ब्यहोरिरहेका छन् ।