Loading... आजः ४ कार्तिक २०७७, मंगलवार

स्वदेशमा छैन रोजगारी, बाध्यताले कालीपारे

स्वदेशमा छैन रोजगारी, बाध्यताले कालीपारे
कमाईका लागि भारत जाँदै गरेका नेपाली । फाइल तस्वीर
कमाईका लागि भारत जाँदै गरेका नेपाली । फाइल तस्वीर

बाँके । पिठ्यूमाथि गह्रुँगो भारी, जीउमा सुकिला लुगा, हातमा लोकगीतहरु घन्किरहेको बडेमानको बाजा । गाउँमा पस्दा कालीपारेहरुको बेग्लै शान झल्किन्छ । गाउँलेहरु भन्छन्, ‘ओहो, माथिको साइँलाले त राम्रै कमाइ गरेजस्तो छ !’ घरमा बसेर कालीपारेहरुको गतिलो कमाइको आशा गर्नेहरुका अगाडि कालीपारेहरु शानदार लाहुरे कहलाउँछन् । घरमा परिवारसँगै बसेर मीठो मसिनो खाने रहरलाई दबाएर भारततिर पस्नुपर्दाको नमीठो अनुभूतिलाई घर फर्कंदाको क्षणले केहीबेर बिर्साइदिन्छ ।
गाउँलेहरुको झैं परिवारको आशालाई पूर्ति गरिदिन कम्ती कठिनाइ छैन उनीहरुलाई । भेरी अञ्चलका पहाडी जिल्लाका अधिकांश जनताको आर्थिक आम्दानीको निम्ति भारत पस्नु सिजनअनुसारको काम हो । खेतीपातीको सिजनमा घरायसी काम भ्याएर भारत पस्नु र केही कमाइ गरेर फेरि अर्को सिजनको खेती भ्याउन घर फर्कनु उनीहरुको कार्यतालिका अन्तरगत पर्दछ । जिल्लामा रोजगारीका केही पनि अवसरहरु नहुनाले भारत गएर आर्थिक आम्दानी गर्नुपरेको त्यस क्षेत्रका बासिन्दाहरु बताउँछन् ।

भारत जानेहरुलाई गाउँमा ‘कालीपारे’ भनेर राम्रै आम्दानी गर्ने व्यक्तिको रुपमा हेर्ने गर्छन् । गाउँलेहरुले राम्रो जागिर गरेर फर्केको ठान्ने भए पनि भारतमा हुने कठिनाइ भने त्यति सजिलै नबुझ्ने गरेको कालापारेहरु दुःखेसो पोख्छन् ।

जाजरकोट कार्कीगाँउ का ३५ वर्षीय विरेन्द्र शाही भारत कमाइ गर्न जान थालेको अहिले १० वर्षभन्दा बढि भइसक्यो । ‘घरको खेतीपाती भ्यायो, जहान केटाकेटीलाई दाउरा, अनाज जुटाइदियो अनि भारत गयो । यसैगरी धेरै वर्ष बितिसक्यो,’ भारतको गुजरातबाट घर फर्कंदै गरेका शाही भन्छन्, ‘छोराछोरीलाई चाडपर्वमा कपडा फेरिदिनुपर्यो, पढाउनुपर्यो, घरमा बसेर केही कमाइ छैन । भारत नगएर त हुँदै हुँदैन ।’ घर फर्कंदा ओढ्ने ओछ्याउने कपडाहरुको भारी, भारतका जमिन्दारहरुले दिएका केही सुकिला कपडाहरुको गुन्टो र चाडपर्व मनाउने केही रकमबाहेक अरु आम्दानी नहुने गरेको पुनको दुःखेसो छ ।
भारत जानेहरुलाई गाउँमा ‘कालीपारे’ भनेर राम्रै आम्दानी गर्ने व्यक्तिको रुपमा हेर्ने गर्छन् । गाउँलेहरुले राम्रो जागिर गरेर फर्केको ठान्ने भए पनि भारतमा हुने कठिनाइ भने त्यति सजिलै नबुझ्ने गरेको कालापारेहरु दुःखेसो पोख्छन् । जाजरकोट भूरका २८ वर्षीय रामबहादुर नेपाली भन्छन्, ‘भारतबाट फर्कंदा सबैले राम्रै कमाइ गरेर ल्याएको ठान्छन् । घरपरिवारले पनि त्यही अनुसारको आशा गर्छन् तर सधैं एकनासको कमाइ हुन सक्दैन,’ भारतका विभिन्न ठाउँमा काम खोज्दै हिंड्नुपरेका कुराहरु स्मरण गर्दै नैपाली भन्छन्, ‘केही दिन त काम खोज्दैमा बित्छ । काम खोज्दै आएको भनेर सबैले कम ज्यालामा लगाउन खोज्छन् । त्यही पनि समयमा पैसो पाइँदैन ।’
भारतबाट कमाई गरी फर्किएका उनिहरु लामोसमय पछि घर पर्किने क्रममा नेपालगन्ज आइपुगेका उनीहरुले भारतबाट कमाई गरी फर्किने कयौं नेपालीहरु नेपालगन्ज सीमा नाका र आसपासका क्षेत्रमा लुटिने गरेपनि नेपाली प्रहरीले कुनै वास्ता नगरेको गुनासो समेत पोखे । समयमा घर नफर्के घरको खेतीपातीको काम धान्न गाह्रो हुने गरेको कालापारेहरु बताउँछन् । जाजरकोट पुन्माका निमबहादुर खत्री भन्छन्, ‘छिट्टै घर फर्कने हो भने धेरै कमाइ नहुने, ढिलो गर्ने हो भने घरको काम भ्याउन गाह्रो । घर र बाहिरको काम धान्न साह्रै कठिन छ ।’ भारतको कमाइले घर धान्ने अधिकांश कालापारेहरु खेतीपातीको समयमा घर फर्कने र खेतीपाती सकेर कमाउन भारत जाने गर्दछन् ।
घरमा काम भ्याउने अन्य सदस्यहरु भएका कालापारेहरु भने दशैं, तिहार, चैते दशैं, तीजव्रत जस्ता चाडपर्वहरुको अवसरमा घर फर्कने गर्छन् । आर्थिक अभावका कारण भारत पस्ने प्रचलन पहिलेदेखि नै भए पनि देशमा बढेको मूल्य वृद्धिका कारण भारत जाने क्रम पनि केही वर्षयता सुर्खेतमा बढेको छ । गाउँमा बसेर स्वतन्त्र काम गर्न सक्ने अवस्था नभएपछि धेरैजसो पुरुषहरु भारत जाने गरेका छन् । घरपरिवार चलाउन अप्ठेरो परिस्थिति हँुदासम्म भारत पस्ने र केही कमाइ गरेर घर फर्कने चलन त्यस क्षेत्रमा रहेको छ । जसका कारण कतिपय अभिभावकहरुको मनस्थिति त छोराहरुलाई पढाउने भन्दा केही अक्षर चिन्ने बनाएर कमाउन भारत पठाउनमा नै केन्द्रित भएको पाइन्छ ।