Loading... आजः १० कार्तिक २०७७, सोमबार

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा अहिलेको एजेण्डा होइन : भुसाल

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा अहिलेको एजेण्डा होइन : भुसाल

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा अहिलेको एजेण्डा नै नभएको बताएका छन् । उनले संसदीय प्रणाली असफल भयो भन्ने प्रमाणित भएपछि मात्रै कार्यकारी राष्ट्रपतिको मुद्दामा बहस सुरु हुने बताए ।
संविधान कार्यान्वयन गर्ने बेला प्रधानमन्त्रीय प्रणालीको बिपक्षमा बहस चलाउनु असान्दर्भिक हुने उनको भनाई छ । रिर्पोटर्स क्लव पाँच नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले चुनावमा अनुमान गरेभन्दा ठुलो पराजय व्यहोर्नु परेका कारण कांग्रेस आवश्यकता भन्दा बढि रक्षात्मक बनेको बताए ।
कम्युनिष्टहरु बढ्दै जाँदा कांग्रेसहरु घट्दै जानु स्वभाविक हो भन्दै उनले आफनै दम्भ र अहंकारले कांग्रेस पराजय भएको बताए । जनअपेक्षालाई कम्युनिष्टहरुले उपेक्षा गरे आगामी चुनावमा कम्युनिष्टहरुको हालत कांग्रेसको जस्तै हुने उनले बताए ।
पार्टीभित्रको भ्रष्टाचार अन्त्य गर्दै पार्टी सदस्यहरु भ्रष्टाचार मुक्त छन् भन्ने सन्देश दिन सकिएन भने सम्मृद्धिको नारा नारामै सिमित हुने उनको भनाई छ । उनले बजेट संघियतालाई बलियो बनाउने गरी आएको बताए ।