Loading... आजः १४ कार्तिक २०७७, शुक्रबार

भेरी–बबई डाइभर्सन : सात महिनामै ४० प्रतिशत काम, खनियो ४.८८ किलोमिटर सुरुङ्ग

भेरी–बबई डाइभर्सन : सात महिनामै ४० प्रतिशत काम, खनियो ४.८८ किलोमिटर सुरुङ्ग


बाँके । बाँके र बर्दियाको करीब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरू गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माण गति अपेक्षाकृत रुपमा अघि बढिरहेको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएपछि निर्माणको काम तीव्र गतिमा अघि बढेको हो ।
अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म ४.८८ किलोमिटर सुरुङ्ग खनिसकिएको आयोजना प्रमुख बस्नेतले बताए । प्रमुख बस्नेतले टिबिएमको सफल परीक्षणपछि नेपालमा सुरुङ निर्माणका लागि अब परम्परागत प्रविधि प्रयोग गर्नु नपर्ने भएको छ । परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्छ ।
‘मेशिनको प्रयोगपछि अब नेपालमा सुरुङ निर्माणका लागि टिबिएम युग सुरू भएको छ,’ आयोजना प्रमुख बस्नेतले भने, ‘मेशिनको प्रयोग सफल भएको छ ।’ भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाइएको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि सुरू भएको हो । कूल १२ किलोमिटर लामो सुरुङ खन्नका लागि राखिएको २४ महिने अवधिमध्ये ७ महिनामै ४.८८ किलोमिटर सुरुङ्ग खनिएको छ । यो गतिले सुरुङ्ग निर्माण भए २० महिनामै काम सकिने आयोजना प्रमुख बस्नेतको दावी छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्माङ्गत खनालले दैनिक करिब ३५ मिटरका दरले सुरुङ खन्ने कार्य अगाडि बढेको जानकारी दिए ।
‘अब हामी सुरुङ खन्ने कार्यलाई थप गति दिन्छौँ । तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण कार्य सम्पन्न हुनेछ,’ उनले भने । प्रदेश नं ५ र कर्णाली प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउने गरी आफूहरू क्रियाशील रहेको जानकारी दिए । सुरुङ निर्माण अगाडि बढेपछि विद्युत् गृह निर्माणको कामसमेत सुरू भएको सिनियर डिभिजनल इन्जिनियर खनालले जानकारी दिए ।

‘अहिले सुरुङ्ग निर्माणको गति उच्च भएकाले तोकिएको समयावधि अगावै निर्माण सम्पन्न हुनेमा हामी आशावादी भएका छौं । सुरुमा टिबिएम मेसीन जडान गर्नका लागि १५० मिटर सुरुङ खनियो । यसको लागि भने झन्डै ८० दिन लागेको थियो । परम्परागत ढंगले खनेका कारण लामो समय लागेको थियो ।’

निर्माणाधीन अवस्थामा रहेका अधिकांश राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक तरिकाले पनि काम हुन नसकिरहेका बेला भेरी बबई डाइभर्सन आयोजनाले भने सुरुमा बिनियोजित बजेटको झन्डै चार गुणा बढी खर्च गर्दैछ । अधिकांशले चालु आर्थिक वर्ष २०७४/०७५ मा बिनियोजन गरेको बजेट नै पूर्णरुपमा खर्च गर्न सकेका छैनन् ।
आयोजना प्रमूख बस्नेत भन्छन्, ‘अहिले सुरुङ्ग निर्माणको गति उच्च भएकाले तोकिएको समयावधि अगावै निर्माण सम्पन्न हुनेमा हामी आशावादी भएका छौं । सुरुमा टिबिएम मेसीन जडान गर्नका लागि १५० मिटर सुरुङ खनियो । यसको लागि भने झन्डै ८० दिन लागेको थियो । परम्परागत ढंगले खनेका कारण लामो समय लागेको थियो ।’ बस्नेतका अनुसार अहिलेम्म करिब ४० प्रतिशत काम सकिएको छ । राष्ट्रिय गौरवको यो आयोजनाका लागि खन्नुपर्ने कुल १२ मध्ये ६ किलोमिटर सुरुङ खन्न जोखिमयुक्त मानिएको छ, जहाँ अब केहि समयपछि सुरुङ खन्ने काम सुरु हुनेछ ।
बस्नेतले भने ‘अब १ किलोमिटर पछि जोखिमयुक्त स्थान आउने हाम्रो आँकलन छ, त्यसपछि मात्रै थाहा हुन्छ काम कहिले सकिन्छ भन्ने ।’ सन् २०२० सम्ममा सुरुङ खनिसक्ने आयोजनाको लक्ष्य छ । मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्नेछ । आयोजना प्रमूख बस्नेतका अनुसार चालु आर्थिक वर्षको बजेटमा सरकारले यो आयोजनाका लागि ८८ करोड बजेट बिनियोजन गरेको थियो । त्यो रकम सकेर आयोजनाले थप २ अर्ब ५ करोड रकम पनि सक्न लागिसकेको छ भने आयोजनाका लागि अझै डेढ अर्ब रकम आवश्यक देखिएको छ ।
४८ मेगावाट विद्युत उत्पादन गर्ने योजना अनुसार सिंचाइका लागि सुरुङ खन्ने काम अघि बढे पनि बिजुली उत्पादनका लागि आयोजनाले काम अघि बढाइ नसकेको आयोजना प्रमूख बस्नेतले बताए । ‘विद्युत्त उत्पादनका लागि चिप्लेमा हेडवक्र्स र हात्तीखालमा पावरहाउस बनाउनुपर्छ । तर, यसका लागि टेण्डरसमेत भइसकेको छैन,’ आयोजना प्रमूख बस्नेतले भने ‘जोखिमयुक्त भाग खनेर सकेपछि जलविद्युतको काम अघि बढाउने सोचमा छौं ।’ अहिले जलविद्युत गृह निर्माणका लागि आयोजनाले टेबल वक्र्समा मात्रै काम गरिरहेको छ ।
भेरीको पानीलाई बबई नदीमा झारेर सिँचाई तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि २०७१ साल माघमा ठेक्का सम्झौता भएको थियो । हाल आयोजनामा दैनिक तीन सयभन्दा बढी नेपाली तथा चिनियाँ कामदार कार्यरत छन् । आयोजनाको पहिलो चरणमा सुरुङ निर्माण र दोस्रो चरणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखिएको छ ।

शैक्षिक हब बन्दै भेरी–बबई डाइभर्सन
राष्ट्रिय गौरवका आयोजनाअन्र्तगत निर्माणाधीन भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम टनेल बोर मेसिन (टीबीएम) मार्फत सुरु गरेपछि आयोजना क्षेत्र अवलोकनकर्ताको दिनहुँ भीड लाग्ने गरेको छ । नेपालमै पहिलो पटक प्रयोग स्वरूप भित्र्याइएको टनेल बोर मेसिन (टीबीएम) मार्फत भेरी–बबई आयोजनाको सुरुङ तीव्र गतिमा निर्माण हुन थालेपछि पर्यटकीय गन्तव्यसँगै इन्जिनियरिङका विद्यार्थीका लागि शैक्षिक हब बनेको हो ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुरुङ निर्माण कार्यले तीव्रता पाएसँगै आयोजनाले गरेका गतिविधि हेर्न दिनहुँ पर्यटकलगायत विद्यार्थीको भीड हुने गरेको भेरी–बबई आयोजना निर्देशक बस्नेतले बताए । उनले भने, ‘आयोजनास्थलमा इन्जिनियरिङका शिक्षक, विद्यार्थी, व्यवसायी, कृषकलगायत विभिन्न क्षेत्रका मानिस अवलोकनका लागि आउने गरेका छन् ।
‘अवलोकन गर्न आउनेको जिज्ञासा पूरा गर्न हामीले अलग्गै गाइडको व्यवस्था गरेका छौं,’ उनले थपे, ‘आयोजनाबारे ब्रिफिङ गर्ने र कोरबाहेकका क्षेत्रमा अवलोकन गर्न खुला छ ।’ चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग १० अर्ब ५६ करोड रुपैयाँको लागतमा सन् २०२० मार्चसम्म सम्पन्न गर्ने सम्झौताअनुसार तीव्र गतिमा सुरुङ खन्ने काम भइरहेको छ ।

‘अवलोकन गर्न आउनेको जिज्ञासा पूरा गर्न हामीले अलग्गै गाइडको व्यवस्था गरेका छौं । आयोजनाबारे ब्रिफिङ गर्ने र कोरबाहेकका क्षेत्रमा अवलोकन गर्न खुला छ ।’

देशकै गौरवका योजना भएकाले पनि नेपालका विभिन्न स्थानका मानिस सुरुङ अवलोकन गर्न भीड लाग्ने गरेको हो । टीबीएममार्फत दैनिक औसतमा ३५ मिटर ड्रिल भइरहेको छ । हालसम्म करिब दुई हजार पाँच सय मिटर सुरुङ निर्माण भइसकेको बताउँदै उनले अगाडि भने भेरी–बबई डाइभर्सनको १२ किलोमिटर सुरुङ खन्ने कार्य दिनरात भइरहेकाले लक्ष्यभन्दा अघि नै काम सकिन्छ ।
मेसिनको प्रयोगबाट आयोजनाको सुरुङ खन्ने कार्यले तीव्रता लिएको छ । आयोजनाले सुरुङका साथसाथै भेरीको मुहानतर्फ डाइभर्सन हेडवर्क, सुरुङ वारपार ब्यारेज निर्माणलगायत बबई नदीतर्फ पावरहाउस निर्माणका लागि डिजाइन अपडेट गरेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक, क्याम्पलगायत प्रगति भएको उनको भनाइ छ ।
आयोजनामा स्थानीयले रोजगारीसमेत पाएका छन् । स्थानीयको क्षमताअनुसारको रोजगारी आयोजनाले प्रदान गर्दै आएको निर्देशक बस्नेतले प्रष्ट पारे । उनले भने, ‘दक्षता नभएका क्षेत्रमा चीनलगायत देशका करिब ६ सय कामदारले रोजगारी पाएका छन् । भेरी–बबई आयोजना देशकै गौरव आयोजना भएकाले पनि धेरैको केन्द्र बनेको हो ।’ आयोजनाबाट बाँके, बर्दिया, सुर्खेतलगायत क्षेत्रमा सिँचाइ, विद्युत् तथा खानेपानीको व्यवस्थापन गरिनेछ ।
मध्यपश्चिम क्षेत्रकै पर्यटकीय क्षेत्रमा आयोजना निर्माण भएकाले भविष्यमा पर्यटकीय गन्तव्यको रूपमा समेत टेवा पुग्ने भेरी–बबई आयोजनाका भिजिटर गाइड गणेश श्रेष्ठले बताए । उनले भने, ‘अहिले दिनहुँ करिब चार सय जना अवलोकनकर्ता आयोजना हेर्न आउँछन् ।’ जुम्ला, जाजरकोट, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, काठमाडौंलगायत क्षेत्रबाट सुरुङ हेर्ने मानिस आउने गरेको उनले बताए । सुरुङभित्र प्रवेश गर्दा काममा अवरोध आउने भएकाले संवेदनशील क्षेत्रमा असर नपुग्ने गरी आयोजनाको भ्रमण गराइने उनले प्रष्ट पारे ।