Loading... आजः ५ कार्तिक २०७७, बुधबार

सामाजिक न्यायसहितको समृद्ध प्रदेश मूल लक्ष्य

सामाजिक न्यायसहितको समृद्ध प्रदेश मूल लक्ष्य

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश निर्माण मूल लक्ष्य रहेको बताएका छन् । कर्णाली प्रदेश सरकारद्वारा आयोजित आव ०७५/०७६ को नीति तथा कार्यक्रम तयारीको छलफल कार्यक्रममा नेता शर्माले भने, ‘सापेक्षिकरुपमा पछि परेका जिल्ला, क्षेत्र तथा समुदायका नागरिकलाई प्राथमिकता राख्ने नीति तयार गर्नुस् ।’
नेता शर्माले जनआकांक्षा, आवश्यकता र आवाजमा आधारित वैज्ञानिक योजना बनाएर प्रदेशलाई १० वर्षमा सबैभन्दा धनी प्रदेश बनाउन आग्रह गरे । उनले कर्णाली प्रदेशमा लोक सेवाबाट नभई करार सेवाबाट कर्मचारी भर्ना गर्ने र कामका आधारमा ज्याला दिने बताए । कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको पहिलो आवश्यकता सडक भएकाले यसलाई प्राथमिकतामा राखिएको बताए ।
पूर्वमन्त्री यामलाल कँडेलले संघीय सरकारको दृष्टिकोणबाट टाढा रहेको कर्णाली प्रदेशलाई बदल्ने तरिकाको खोजी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले कर्णाली विकासका लागि बाटो, बिजुली, सञ्चार, वन, बजार र व्यवस्थापन छवटा ‘ब’ मा विशेष ध्यान दिएर प्रदेश समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ लाग्न सुझाए ।