मोवाइल बैंकिङसँगै प्रिभिलेज बैंकिङ सेवा सुरू गर्दै सहयोगी विकास बैंक


काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गरेको छ । दुबै सेवाको उद्घाटन बैंकका अध्यक्ष उदयकान्त झा ‘जीवन’ले गरेका छन् । सेवाको उद्घाटनपछि आयोजित बोल्दै बैंकका अध्यक्ष झाले ग्राहकहरुको सेवामा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
आगामी दिनमा समेत बैंकले समयानुकुल थप सेवाहरु प्रदान गर्दै लैजाने बताए । बैंकका ग्राहकहरुलाई आधुनिक र २१ औं शताव्दी समय सुहाउँदो सेवा प्रदान गर्ने उद्देश्यसहित सो सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ । बैंकको यो सेवाबाट ग्राहकहरु थप लाभान्वित हुने विश्वास बैंकको विश्वास छ ।


नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा विनय रिजाललाई नियुक्ती गरेसँगै बैंकले आफ्नो सेवालाई थप आधुनिक, सरल र प्रभावकारी बनाउँदै लगेको छ । त्यसका लागि बैंकका कर्मचारीहरुलाई समेत समय सापेक्ष तालिमहरु दिँदै आएको जनाएको छ । ग्राहकलाई सेवाबाट पूर्ण सन्तुष्टि प्रदान गर्ने बैंकको लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले बताए ।
उनका अनुसार बैंकलाई थप मजबुद बनाउँदै सेवालाई पनि थप गर्दै लगिनेछ । निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतीका साथै २१औं शताब्दी समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिँदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए । बैंकले नयाँ वर्षसँगै एटिएम सेवा सुचारु गर्न सबै तयारी पुरा गरेको जनाएका छ ।


बैंकले आफ्नो सबै पूर्वाधारहरु बनाइसकेको पनि कार्यकारी अधिकृत रिजालले बताए । जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने उनको दावी छ । जनकपुरमा मुख्य कार्यालय रहेको बैंकले चाँडै नै ४ वटा शाखा विस्तार गर्न लागेको कार्यकारी अधिकृत रिजालले जानकारी दिए
उनले बैंकको आफ्नै भवन निर्माणको सुरुवात आगामी बैशाख महिनाको तेस्रो हप्ता देखि नै गर्ने योजना अनुरुप काम भइरहेको बताए । ५० करोड ९६ लाख रुपैयाँ शेयर पूँजी रहेको बैंकले हालसम्म ३ अर्ब ४२ करोड ८० लाख निक्षेप संकलन गरी २ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख सञ्चिति कोष रहेको छ । बैंकले कार्यक्षेत्र विस्तारका लागि आवश्यक कार्य अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

लोकप्रिय